एमाले नेताले गरे आत्महत्या

काठमाडौ २८ जेठ- काठमाडौको गोकर्णेश्वर नगरपालीका वडा नम्बर ८ मा एकजना झुण्डिएको अवस्थामा भेटिएको छ । अनुमानित बर्ष ३४ को किरण चापागाईं गत सुक्रवार आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको हो ।  श्रीमतीले कोठामा खाना लगेर जादा झुण्डिएको अवस्थामा देखेपछि अरुलाई खबर गरेकी थिईन् ।

मृतकको पोस्टमार्टम रिपोर्ट आत्महत्याकै आएपनि परिवारको सदस्यले  भने त्याँहा झुण्डिने ठाउँ नै नभएकोले शंका गरेका छन् ।  मृतकका काका कृष्ण चापागाईंले अमेरिका बाट भने ” त्यो ठाउँ मान्छे झुण्डिने अवस्थाको नै  छैन, तर कसरी यो घट्ना भयो ? अचम्म लागी रहेको छ । “

मृतक किरण पहिलो चरणको स्थानिय चुनावमा गोकर्णेश्वर नगरपालीकामा एमालेको तर्फबाट वडा अध्याक्षमा चुनाव लडेपनि चुनाव हारेका थिए । चुनाव हारेको तनावमा आत्महत्या गरे उनले या अन्य कुनै कारणले ? त्यो भने रहस्य नै बनेको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES