एमाले-माओवादी, कांग्रेस-राप्रपा सबै उस्तै भन्दै, बैद्यद्वारा मशाल संग एकताको प्रयास

काठमाडौ- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले एमाले-माओवादी र कांग्रेस-राप्रपा सबै उस्तै भएको बताएका छन् । पोखरामा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले पारित गरेका निर्णयहरु सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव बैद्यले कम्युनिष्ट भन्ने एमाले र माओवादी समेत राजनीति वर्गीय रुपमा कांग्रेस र राप्रपासँग नजिक रहेको बताए ।

मात्रात्मक रुपमा तलमाथि देखिए पनि माओवादी, एमाले, कांग्रेस र राप्रपा राजनीतिक र वर्गीय रुपमा एउटै भएको महासचिव बैद्यको भनाइ छ । ‘राजनीतिक र वर्गीय रुपमा उनीहरु सबै एउटै हुन्,’ उनले भने, ‘मात्रात्मक रुपमा फरक होलान ।’ पत्रकार सम्मेलनमा उनले एमाले र माओवादीको गठनबन्धन वाम नभई प्रतिक्रियावादीकरण भएको टिप्पणी गरे ।

बैद्यले प्रथम राष्ट्रिय सम्मेलनले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने निर्णय गरेको भन्दै मशाल संग एकताको प्रयास सुरु गरिएको बताए । प्रगतिशील र क्रान्तिकारीहरुबीच एकता गर्ने निर्णय स्वरुप नेकपा -मसाल सँग एकताको पहल गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *