एमाले र कांग्रेसको समानुपातिक मतान्तर फराकिलो बन्दै

काठमाडौ- समानुपातिक मत परिणाममा नेकपा एमालेले कांग्रेसभन्दा मतान्तर फराकिलो बनाउदै लागेको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले १२८६४२८ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ११८९७८५ मत पाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । उसले ५१२९४६ मत पाएको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले १०२०७१ मत पाएको छ भने पाँचौं स्थानमा रहेको विवेशील साझा पार्टीले ७७७३९ मत पाएको छ ।

राप्रपा ७५३६६ मत सहित छैठौं स्थानमा रहँदा राजपा नेपाल ६१२३० मतसहित सातौं स्थानमा र नयाँ शक्ति नेपाल ४१६९० मतसहित आठौं स्थानमा छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चा नेपाल २७५७१ मतसहित नवौं नम्बरमा र राप्रपा (प्रजातान्त्रिक) २६८९२ मतसहित दशौं नम्बरमा छन् ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES