एलाइभ बचत तथा ऋण सहकारी संस्थाको साधरण सभा सम्पन्न १५ लाख नाफा

काठमाडौ- एलाइभ बचत तथा ऋण सहकारि संस्थाको नवौ बार्षिक साधरण सभा भब्य रूपमा सम्पन्न भएको छ । “आर्थिक समुन्तिका लागि बचत बचतका लागि सहकारी” भन्ने मुल नाराका साथ २०६५ बाट संचालनमा आएको एलाइभ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको छोटो समयमा ठुलो उपलब्धि हासिल गर्न सफल भएको छ । संस्थाले उत्कृष्ट काम गर्ने २१ जनाको उच्च मुल्यांकन गर्दै सम्मान गरेको छ ।

संस्थाको शेयर सदस्य संख्या पाॅच सय ३३ पुगेको छ भने जम्मा बचत कर्ता ११ सय ७७ जना छन् । शेयर पुँजी दुई करोड दुई लाख ५९ हजार नौ सय छ भने,बचत तर्फ आठ करोड पाँच लाख १८ हजार दुई रुपैयाँ छ । कर्जातर्फ १० करोड २० लाख ठहत्तर हजार एक सय ३३ रुपियाँ रहेको छ । संस्थाले खुदनाफा १५ लाख १८ हजार आठ सय सात रूपैया गरेको संस्थाका प्रबन्ध सचालक उमेश खड्काले जानकारी दिएका छन् । संस्थाको अध्यक्ष अशोक रिजालले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अध्यक्ष रिजालले सहकारी ऐन , नियमावलि र सहकारी विभागबाट जारी गरिएको मापदण्डलाई पालन गर्दै अघि बढेको र विभिन्न जटिल परिस्थितिका बाबजुत संस्थाको कारोबारमा वृद्धिका साथै सेवाको स्तर समेत वृद्धि गरेको दाबि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *