एसइई परिक्षा दिएका विद्यार्थीलाई चन्द्रगिरिमा घुम्न छुट यथावत

चिसाङ शेर्पा
काठमाडौ ६ बैशाख, माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँमा चन्द्रगिरि केबलकार चढ्न पाउने भएका छन् । शैक्षिक सत्र २०७३ को (एसइई) परिक्षा दिएका विधार्थीहरुले थानकोटस्थित चन्द्रागिरि केबलकारको कार्यलयवाट यो छुट व्यवस्था पाउने भएको हो ।

बैशाख मसान्तसम्म चल्ने उक्त सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षा दिएको प्रवेश पत्र अनिवार्य साथमा लिएर आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुने छ  । टिकटमा छुट सुविधालिने परीक्षार्थीहरुले अन्य  कुराहरुमा भने छुट  नपाउने चन्द्रागिरिहिल्स लिमिटेडले जनाएको छ ।

ऐतिहासिक,धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर,सत्तल,भ्यू टावर,चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *