एसियाली छनोट खेलमा नेपाली टोली पराजित/ बंगलादेश संग इंग्ल्यान्ड

criketअसोज २४ काठमाडौ,आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटको दोस्रो खेलमा पनि नेपाली टोली पराजित भएको छ ।
हङकङको मोङकोकमा रहेको मिसन रोड मैदानमा भएको दोस्रो खेलमा आज पनि नेपाल ३ विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउदै मात्र ७६ रन जोड्न सफल भएको थियो । ७७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको थाइल्यान्डले प्रस्तुत लक्ष्य मात्र १८ दशमलब ४ ओभरमा ७ विकेट भेटाउँदा नेपाल ३ विकेटले पराजित भएको हो । यस अघि पहिला ब्याटिङ गरेको नेपालका लागि निर्मला शाहीले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन ।
कप्तान रुबिना क्षेत्री ७ रन तथा सरिता मगर ४ रनमा अविजित रहिन । थाईल्याण्डका लागि नटिया बूचाथम, वोङपाका लिएन्गप्रसेर्त, सुलेपोर्न लाओमी र रक्ताना सङसोमाले एक–एक विकेट लिए । पराजितसंगै अर्को वर्ष हुने विश्वकपको लागि ग्लोंबल छनोट प्रतियोगितामा सहभागिताको लागि नेपालको सम्भावना टरेको छ । प्रतियोगितामा नेपालले अब बुधबार चीनसँग खेल्नेछ । टि ट्वान्टी फम्र्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दै छन । एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ ।
ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।

त्यस्तै,क्रिकेट जननी इंग्ल्यान्ड पनि पराजित भएको छ । बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा क्रिकेट जननी इंग्ल्यान्ड पराजित भएको छ ।
बंगलादेशको मिरपुरमा भएको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड बंगलादेशसंग ३४ रनले पराजित भएको हो । बंगलादेशको मिरपुरस्थित शेरे बंगला क्रिकेट मैदानमा घरेलु टोली बंगलादेशले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४ ओभर ४ बलमा अलआउट हुदै २ सय ४ रनमा समेटियोको थियो । इंग्ल्यान्डका लागि जोस बटलरले अर्धशतकी पारी खेले पनि इंग्ल्यान्ड पराजित भयो बंगलादेशका कसिलो बलिङसामु बटलरले ५७ रन जोड्दा जोनी ब्रिष्टोवले ३५ रन जोडे । त्यस्तै अदिल रशिदले अविजित ३३ रन बनाए भने ज्योक्याब बलले २८ रन जोडे । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका माश्राफे मोर्टाजाले ४ तथा तास्किन अहमेदले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ३८ रन जोडेको थियो ।
बंगलादेशका लागि मोहमदउल्लाहले ७५ रन तथा माश्राफे मोर्टाजाले अविजित ४४ रन जोडे । त्यस्तै नासिर हुसेन २७ रनमा अविजित रहदा मुशाफिकर रहिमले २१ रन बनाए । इंग्ल्यान्डका क्रिस वोकस , अदिल रशिद र ज्योक्याब बलले समान दुई दुई विकेट लिए । दोस्रो एकदिवसीयमा बंगलादेश विजयी भएसंगै दुई टोलीबीचको तीन खेलको सिरिज १ – १ को बराबरी भएको छ । पहिलो एकदिवसीय भने इंग्ल्यान्डले २१ रनले जितेको थियो । अब दुई टोलीबीचको अन्तिम एकदिवसीय बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES