एसीसी अन्डर सिक्सटिन क्रिकेटमा म्यानमार १३ रनमा अल आउट, नेपाल सेमी फाईनलमा प्रवेश

काठमाडौ, २७ मंसिर-  एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिप अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले म्यानमारलाई तीन सय ३७ रनले पराजित गरेको छ । जितसंगै नेपाल समुह ए बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै तीन सय ५० रन बनायो । नेपालका लागि कप्तान रित गौतम सतकिए पारी खेले । पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको नेपालका लागि कुशल मल्लले ३६ रन बनाए । त्यसपछि सुवास ऐयर १७ रनमा पेभेलियन फर्किएपछि नेपालले ६७ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि विशाल विक्रम केसी र रित गौतमले ६९ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुरयाए । तर विशाल ४२ रनमा आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो । त्यसपछि चौथो विकेटका लागि त्रितराज दाश र रितले ९९ रनको साझेदारी गर्दै नेपालको स्कोर बलियो स्थितीमा पुरयाए । त्रितराजले ६४ रन बनाउदा रित गौतमले सतकिए पारी खेले । यस्तै प्रतिश जिसीले अविजीत ६३ रन बनाए । रितले अविजीत एक सय ६ रन बनाए । उनले ७८ बलमा १२ चौकाको मद्दतले एक सय ६ रन बनाए ।

जवाफमा कमजोर टिम म्यानमार ११ ओभर तीन बलमा १३ रनमा अलआउट भयो । नेपाली बलिङ सामु सुरुवात देखि नै कमजोर रहेको म्यानमारको पाच रन हुदा लगातार दुई विकेट लिएको थियो । त्यसपछि नेपालले आठ रन बनाउदा पाच विकेट झारेको थियो । एकपछि अर्को विकेट गुमाएको म्यानमारले १३ रनमा नौ विकेट खेर फाल्यो । उसका पाच खेलाडीले खाता खोल्न सकेनन भने कुनै पनि खाता खोल्न सकेनन । नेपालका लागि नारायण जोशी र मेखबहादुर सेन थापाले चार चार विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *