ओम रोदनको नयाँ गीत “तिमी बाहेक” सार्बजनिक (भिडियो सहित)

माघ ९ काठमाडौ,गायक/संगीतकार/गीतकार/मोडेल ओम रोदनको आवाजमा रहेको नयाँ गीत “तिमी बाहेक” सार्बजनिक भएको छ । गीतमा ओम रोदनलाई चर्चित गायिका अन्जु पन्तले साथ् दिएकी छिन् ।

ओम रोदन अनि अन्जु पन्तको अवाज रहेको यो गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द/संगीत रहेको छ । यसैगरि उक्त गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।

भिडियोमा हरि हुमागाईंको छायांकन,निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ । प्रेमी प्रेमिका बिचको गहिरो सम्बन्ध देखाउन खोजिएको उक्त भिडियोमा बेनिषा हमाल संगै ओम रोदनको अभिनय रहेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *