कक्षा ११ को परिक्षा सर्‍यो, १२ को भने पुर्व निर्धारित समयमै हुने

फागुन २० काठमाडौ,राष्ट्रिय परिक्षा बोर्डले विसं २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको जनाएको छ । सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा पछि सारिएको हो।

बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने छ। बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ ३ गतेसम्म लिनेगरी सूचना निकालेको थियो ।

कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने भएको छ । कक्षा १२ को परीक्षा आउँदो वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने छ ।

कक्षा १२ को परिक्षा र समय तालिका

class 12

Leave a Reply

Your email address will not be published. Required fields are marked *