कथा “नानू” :राज रोबट अजनबी

 कथा
“नानू”
थाहा छ राज ! हामिले भौतिक आनन्दको दर्शनलाई तोडेर एउटा कलात्मक जीवनको सुन्दर पिरामिड खडा गर्न सक्छौ अब, टेबलमा राखेको भोटे चिया उठाउदै नानू ले भनी।
म चुप बसे केही बोलिन ।
हामी अर्थात नानू र म हिमाल पारिको गाउँ अर्थात मुस्ताङको लोमाथाङमा थियौं । जोमसोमबाट कोरला नाका हुँदै कालिगन्डकीको गडतिरै गड्तिर मोटर बाटो अनि कागबेनीको सुन्दरता भित्र हराउदै छुक्साङ नाघेपछि चैलेको उकालो, त्यसपछी स्याङ्बोचे, घिलिङ गाउँ हुँदै पर्खाल भित्रको यो सुन्दर ठाउँ लोमाङ्थाङ आइ पुगेका थियौ।
लोमाङ्थाङको सब्री होटल, जहाँ स्थानिय ढुङ्गालाई कलात्मक ढङ्गले कुदेर बनाएको एउटा बिछट्टै मनोहक श्रीजना। हामी त्यही होटलको अन्तिम तला अर्थात तेश्रो तलाको एउटा कोठामा थियौ।
जीवन यो पर्खाल भित्र को सुन्दर “बस्ती जस्तै भइ दिएको भए कास !” मुस्ताङ्गी राजाको दरबार तिर नियाल्दै नानू बोलिन।
म फेरि केही बोलिन।
चुरोट सल्काए अनि एक सर्को तानेर झ्याल बाट बाहिर नजर घुमाए। रात चकमन्न छ, किराहरुको ट्यार टुर आवाज र पर पर भुकेका भोटे कुकुरहरुको आवाज बाहेक सहर साच्चै सुनसान छ। निस्पट रात भए पनि मुस्ताङ्गी राजाको ऐतिहासिक दरबार नजिकै रहेकोले केही धमिलो देखिन्थ्यो, म्याग्दी र तल्लो मुस्ताङ बाट बोकेर ल्याइएका काठका खम्बाहरु कुदेर ज्वलन्त वनाएको त्यो दरबार साच्चै सुन्दर थियो।
त्यसो त सपना देख्न छोड्नु हुन्न” एक सर्को चुरोट तानेर स्ट्रे मा राख्दै मैले भने ।
सपना निदाएर होइन ब्युझेरा देख्नु पर्छ, निदाएर देखेको सपना त तपाइले राख्नु भएको यो स्ट्रेको चुरोट जस्तै हो जुन नतानी पनि सिद्दिन्छ” उनले भनी।
त्यही त फरक छ त, तिमिले ब्युझेरा सपना देख्यौ मैले निदाएर, फलस्वरुप आज तिमी सफलताको अग्रिम पङ्तिमा छौ, म भने अझै सम्म सफलता खोजी रहेको छु” मैले भने।
होइन ! एस्तो होइन बादर! हल्का हास्दै उनले भनी।
अनि के त बुथुरी ? मैले भने।
म सफलताको कुनै पङ्तिमा छुइन, बरु सुरुवाती मोडमा छु, अझै धेरै संघर्ष गर्नु छ। तर यो चाहिँ सत्य हो कि यदि मैले निदाएर देखेको सपनालाई “सपना” ठानेको भए आज म दुर दराजको गाउँमा घाँस काटी रहेकी हुन्थे” चिया सुरुप्पै पारेर टेबलमा राख्दै उनले भनी।
म केही बोलिन, बरु रात धेरै ढल्की सकेको कारण म भने बेड तिर पसे, नानू कुर्सी बाट उठिन, लिम्बू परम्परागत पहिरन मेख्ली र त्यस माथी सिरमा सिरबन्दी र कन्ठमा सजिएकी नानू , स्वर्गकी परि भन्दा धेरै नै सुन्दरी थिइन। नानूले सिरबन्दी र कन्ठ खोलेर छेवैको टेबलमा राखिन् अनि दायाँ बायाँ हातमा लस्करै लाएकी सुनका चुराहरु फुकाएर ब्यागमा हालिन् र ऐना हेर्दै आफ्नो मेकअप मिलाएर बेड तिर आईन् ।
म भित्तामा सुत्ने ? बेडमा पस्दै नानूले भनि।
नाइ तिमी छेउमा सुत” मैले भने ।
होइन नेप्टेको नखरा नि के सारो हौ ! थपक्कै छेउमा आउनु” मलाइ हातमा हल्का तान्दै उनले भनी।
नाइ नेप्टी! म भित्ता मै सुत्ने” प्याउले बोलिले उनलाइ तानेर छेउमा सुताउदै मैले भने।
स्वार्थी संगीतकार ” सिरक ओढ्दै नानुले भनी।
कस्तो स्वार्थी संगीतकार ?” हल्का नानूको गाला चिमोटी दिदै मैले सोधे।
कलाकार भए पछि र प्रेम र भावनाको गहिरो कठिनाइ अनुभुत गर्न सक्नु पर्छ, अनिमात्र अरुको पीडा बियोग र चाहाना बुझ्न सकिन्छ” मेरो हात समाउदै उनले भनी।
त्यो त थाहा भएन तर आत्म केन्द्रीत भावनाहरु श्रीजनाको श्रोत हुन सक्दैनन, मैले भने।
उनी केही बोलिनन……
हामी चुप चाप एक अर्कालाई हेरि मात्र रहयौ।
थाहा छ नानू ! देख्न कठिन धेरै सपनाहरु मैले जुम गरेर देख्ने कोसिस गरेको छु, तर क्लिएर नदेखिदो रैछ” सुन्यता लाई चिर्दै मैले भने।
जुम गरेर देख्न खोज्नु पागलपन हो, थाहा छ राज ! म साधारण परिवारकी छोरी, म संग त्यस्ता केही सपना थिएनन् जुम गरि गरि हेर्नू पर्ने खालको, तर साधारण सपना चाहिँ धेरै थियो तर त्यो पनि…
तर के? मैले बिचैमा नानुको कुरा काटेर सोधे।
मैले टिन एजमै मातृ बियोग सहनु पर्यो, मातृ बियोग यति भयानक बन्योकी म झण्डै झण्डै डिप्रेसनको नजिक पुगे” भावुक र गम्भीर हुँदै उनले भनी।
तर तिमीले त तिम्रा सपना पूरा गरेकी छौ” मैले भने।
तर म बिचलित भइन, मेक्सिम गोर्किको “आमा” उपन्यास र फिलेन्डो काइस्टाइलको भिडियो हेरे/पढेपछि बुबालाई नै आमाको रुपमा पाए, अनि निराशालाई आशामा परिणत गर्छु भन्ने अठोट लिए, मतलब कुनै पनि घटनाहरु बिरुद्द “एक्टिभिज्म” गर्छु भनी सुरु गरेको संघर्ष यहाँ सम्म आइ पुग्दा धेरै कठिन यात्रा पूरा गरेकी छु।
उनी निरन्तर बोली रहिन् …
जब म मेरो लक्ष प्राप्तिको लागि बाहिर म जति नै आत्मविस्वासी जस्तो देखिए पनि भित्र-भित्र मेरो आत्मविश्वास डगमगी रहन्थ्यो, तर मैले संघर्ष गर्न छोडिन, एउटा कुरा नि राज ! हामीले माघेनी मेला सिन्वा बजारमा धान नाचेर पालाम गाएको त्यो गीतकोको पङ्ती जस्तो जीवन सहज हुन्न।
उनी बोली रहिन… म सुनी रहे,
ताप्लेजुङ र पछि झापाको दमकबाट उच्च शिक्षा हासिल गरेपछी मैले संघर्षका यात्राहरु टुङ्याउदै बिहे गर्न तिर लागेको भए सायद आज म मामाङ्खेमा घाँस काटी रहेकी हुन्थे तर…
काबेलीको मामाङ्खेकी तमोर को ? हल्का ठट्याउली हास्दै नानुको कुरा बिचैमा काटेर मैले सोधे।
उनले मेरो प्रश्नको जवाफ दीइनन् बरु बिचमा रोकिएको उनको कुरा पूरा गर्न तिर लागिन् , उनी भन्दै गईन् ..
तर मैले बाटो मोडिन, निरन्तर एउटै बाटो हिडि रहे, फलस्वरुप आज म डाक्टर भएर जीवन बचाइ रहेको छु।आज म मान्छेको भावना त फेर्न सक्दिन तर मुटु फेर्न सक्छु, तपाईं जस्तै चुरोट तान्नेहरुको लत त छुटाउन सक्दिन तर त्यस वाट ड्यामेज हुने फोक्सो फेर्न सक्छु आमाको उपचार अभाबमा मृत्यु भएको पीडा अब धेरै बिरामी आमाहरुको उपचार गरेर जीवन दिन पाए भने त्यो पीडा बिर्सदै जाने छु..नेप्टे… मेरो कुरा..सु..न्दै हो…कि निदाइ…स…क्नु………….भो
उनी बोल्दा बोल्दै निदाइन, मलाइ भने नानूको त्यो संघर्षको कथाले निदाउन दिएन, रात भरी कोल्टे फेरि रहे।

राज रोबट अजनबी

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES