(कथा) मनकूचीमा मोनालिसा-मनि राई,गोठाले

मोनालिसाको अनुहार फिस्स् हाँसेकोहाँसेकै थियो ।
ए महाशय,यो बनाउँदा मेरो ख्यालमा भिन्ची निक्कै हुनुपर्छ ।
म जान्दिन त्यो कुरो ।
तपाईको ख्यालमा चै के लाग्छ ?
भनेनी, म जान्दिन यो कुरो ।
त्यो त भिन्चीको बारेमा हो । तपाई आफ्नो बारेमा भन्नुस् न ।
पैला तपाई मेरो बारेमा भन्नुस्, म को हुँ ?
तपाईलाई आफ्नै बारेमा था छैन, कि तपाई को हुनुहुन्छ भनेर ?
था छैन । हिजआज मेरो मगज सन्केको छ । उ, चिया सेलाउँदै छ ।
म भन्छु । के भनेनी,मोनालिसाको अनुहारमा तेस्तो केही छैन । जतीको चर्चा भो ।
अ,भन्नुस् अरु । अझै के,के ।
यो मोनालिसाको चित्र मलाई किन भन्योभने म सय डलर पनि हाल्दिन ।
म त पचास डलर पनि हाल्दिन ।
डलर नहाल्नेमा हाम्रो विचार निक्कै मिल्ने रैछ ।
ए महाशय,तेसोभा अब म कुकुर भुकेको आवाज रेर्कड गर्नतीर लागौंकी हजुर ?
केको लागि ?
मुग्लिस आवारा केटाहरु आएर मेरो बगानबाट मौंरीको खुदो चोरेर काड्छनी । तेसैले ।
तपाईकोमा कुकुरै छ त ।
तेस्लाई पनि आराम गर्नु परेन र ?
कतिको ईमान्दार छ कुकुरहरु ?
तपाई हामीभन्दा त ईमान्दारै छ । मैले मोनालिसाको चित्रमा लागेको धुलोहरु सानो झडानले सफागर्दा एउटा कुकुरले चै बेस्कन पूच्छर हल्लाउँछ ।
हो । एल्लेपनि मन पराउँछ मोनालिसाको अनुहार ।
ओहो, प्रतिभावान पो रैछ त । तरनी हजुर,भिन्चीले कुकुर मन पराउँदैनथे रे ।
भिन्चीसंग कुकुरको के सरोकार । कुरो,कुकुर र मोनालिसाबीचको न छ ।
सुरुमा त हामी मुछिएको हौंनी ।
तपाईले मलाई मुछ्नु भो । मो त बेखबरनै थें ।
हैन यो त कलात्मक कुरो हो ।
म मान्दिन भनिसकेको छु । ठुलाले जे भन्दा,जे गर्दा हने जमाना गो अब ।
तेईपनि यो चित्र झुण्डाउँनुभा छ ।
यो झुण्डाको हैन । झुण्डिएको हो । नभए अस्ति फेकीदिन्थे ।
हो त, कामन दाम,भित्तामा ठाम ।
आक्रोश मुक्त रहन सक्दैन कलाप्रति जिन्दगी । जब यो आफुबाट सृजित छैनभने । के मनको कुनै कुनामा अलिकती क्लेशमात्र पनि नहोला र ? नरहला र ? की कुनैपनि सुन्दर कुरामा आफ्नो अलिकती उपस्थिति नहोसभन्ने । तर वर्तमा नले तयार पारेको मानवताको मञ्चमा थोरै भएपनि मुस्कानको मन्चन गर्नु सक्नुनै मोनालिसाभन्दा सुन्दर प्रस्तुति हो भन्छु म । साँच्चै पराईकै भएपनि त्यो मनमोहकतामा,त्यो विचार र कलाको सुन्दरतामा मान्छेहरु बखान गर्दागर्दै स्वयं म बहकिन्छ र आफुलाई त्यस कुरोको पुरै हिमायती सम्झन्छ । तर जब एउटा सानो शाश्वत सत्यले उनलाई असलमा कुनै कलाको संमवाहक बनाउँन खोज्छ ,तब उनले त्यस कुरामा कहिनकही अलिकती खोट देख्छ । पिकाशोले स्केच गरेको एउटी नारीमा सास् नहुनुको परिणाम पनि यै हो । नभए के चित्रकला प्रदर्शनीमा एउटा बढोमान्छेले सास्को कु रा गरेकै भरमा पिकाशो थला पर्नेगरी बिमार हुनुको के अर्थ । मान्छेजस्तो आर्टिस् संसारमा कोही छैन । किनकी मान्छे ले रंङ्गले आफुलाई चिनाउँछ भने ,त्यो रंङ्गलाई अन्य अर्कै रंङ्गमा दफन पनि गर्नसक्छ ।
चिया पिलाउँनु भएकोमा धन्नेबाद ।
धन्नेबाद मलाई हैन, उ त्यो मोनालिसाको चित्रलाई दिनुस् ।
मोनालिसा फोटो बाहिर आएर मलाई चिया दिएको हो र ?
आधार त मोनालिसानै हो नी ।
के तपाई चिया पि सकेपछि मोनालिसालाई धन्नेबाद दिुनुहुन्छ सधै ?
सधै त दिन्न । तर मोनालिसाको चर्चामा आएको चियामा म सधै मोनालिसालाई धन्नेबाद दिन चुक्दिन ।
मनको प्रफुल्लतामा मान्छेको हैकम यतिविध्न लचक हुन्छकी,एकपललाई त उनले आफुलाई दानवीरनै सम्झन्छ । किन भने जब कला र रंङ्गहरुको संयोजक्त्वमा मापन खारीन्छ ,तब मान्छे प्रसिद्घिको बिल्कुलै भोको हुन्छ ।
अब म लाग्छु । र जानेबेलामा म तपाईको मन दुखाउँन सक्दिन ।
एउटा कुकुर उसको नजिक आयो र पूच्छर हल्लायो । उसले कुकुरलाई मायालु हातले सुमसुम्याँयो र यसो भन्यो ।
तँ पनि मोनालिसाभन्दा कमको राम्रो छैनस् । तर आजलाई यतीनै हो ।
वाईवाई मोनालिसा ।
मोनालिसाबाट उसको वाईवाईको जवाब आएन । तर मोनालिसा अझैपनि भित्तामा झुण्डिएर फिस्स् हाँसेकोहाँसेकै थियो ।

  मनि राई,गोठाले-धरान १३ अमरहाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *