कबिता, भड्किएको आत्मा-राजन राई

भड्किएको आत्मा-राजन राईrajan rai

यो महलको भित्तामा
मेरो रगत पोतिएको छ
प्रत्येक कोठाका झ्यालबाट
मेरो आँखाहरु खसिरहेछ
यी भर्याङका सिढीहरु
मेरो काँध चढेर उक्लिरहेछन्
सिलिङमा घुमिरहेको पंखा
मेरो मस्तिष्क हो
तिमी त्यहीँ मुनि कति आराम गर्छौ ?

आज मध्यरात पछि..
मेरो रगतले पोतिएको भित्ताको हिसाब लिनु छ
मेरो खोसिएको आँखाहरुको झ्याल
र मेरो काँधमा टेकिएको तिम्रो पाइताला छिन्नु छ
सधै घुमाइरहने मेरो दिमागले
अब तिम्रो आराम खोस्नु छ
साँच्चै आज मध्यरात पछि
मेरो आत्माहरु भड्किने छन्

म तिमी माथि शासन गर्ने छु
हकुम चलाउने छु
धेरै फाइदा लुट्यौ
मेरो उदार मनको
मेरो हात छिन्यौ
मेरो टाउको गिड्यौ
मेरो खुट्टाले हिड्यौ
मेरो विचारको खेती गर्यौ
त्यसैले,
म मुर्कुट्टा भएको छु
अब म तिमीलाई शान्तले बस्नै दिन्न

जति लियौ म बाट
ठिकै थियो –
तर मेरा दर-सन्तानको
आवाज खोसेर राष्ट्रिय गान गायौ
युवा जोशलाई रबरघारीमा बुट बजार्न पठायौ
आज तिनिहरुको भविष्य इराक र अफगानिस्तान भएको टुलुटुल हेरिरहेको छु
अब हेर्न सक्दिन
म भर्खरै सफल परिक्षण गरिएको
आणविक हतियार भएको छु
कुनै पनिबेला तिम्रो सत्तामाथी खस्न सक्छु
हो म पुर्वजहरुको आत्माले बनेको
“लिटल ब्वाई”भएको छु

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES