कबिता

अन्तिम प्रहर

आउनु पर्ने पनि कोहि छैन
मैले पर्खिरहने भञ्ज्याङ्मा
रै पनि मैले समयको
अन्तिम प्रहर सम्म
पर्खिनु कसैलाई
सायद दैनिकी जस्तै-जस्तै भएको छ

डुब्दै गरेको घामले
मिर्मिरेमा
खुशी बोकेर आएको
अस्ताउदै गर्दा
सबै खुशी निमोठेर
क्षितिजमा डुबे जस्तो

खुशिको बिहान जन्माउन
आशुको बलिदान गरिरहेको
एउटा यात्रीलाइ
के थाहा उस्को खुशी
बिहान बोकेर आउने हुन या हैनन्

झुकिनु पनि स्वाभाविक हुन्छ
आफ्नै मुटु आफ्नो हो कि हैन भनेर
आजसम्म मलाई
सबै भन्दा प्रीय चिजहरुले छोडेका छन्

उ जादाजादै मैले
अन्तिम पल्ट हेरि पठाएको
उस्ले जीवन सिंगार्दै गर्दा
भत्किरहेको मेरो खुशी
खै किन मिल्दैन तालमेल जिवनको हिस्साहरुमा

हस्पिटलमा छट्पटीरहेको बिरामी
तनावग्रस्त कुरुवा
र मेरो पर्खाइमा कुनै फरक छैन
एक लहर पीडा बोकेर
आइरहन्छ सधैं – सधै

अचानक दराजभित्रको
नक्कली मुटुले
रोकिसकेको मेरो श्वास-प्रश्वास
द्रुत गतिमा बढाएपछि
म सोच्दै छु
समयको अन्तिम प्रहरमा
मैले पनि नक्कली श्वास फेरिरहेको रैछु
उफ कैले मरिसकेछ
मेरो रगत बहने पल्मोनरी धमनी र शिराहरु
फगत बोकेर अधुरा खुशिको हिस्साहरु

 

                            सुमित्रा अश्रुधारा
काठमाडौं

कविता “म प्रतिनिधि पात्र” : सुमित्रा थुलुङ अश्रुधारा

Leave a Reply

Your email address will not be published.