कर्मचारी दम्पत्तिलाई पायक पर्ने स्थानमा सरुवा, सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार शान्तराज सुवेदीलाई

Keshav-Kumar-Budhathokiभदौ २२, काठमाडौं । निजामती सेवा दिवसको अवसरमा बुधबार भएको कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले श्रीमान-श्रीमती दुबै निजामती सेवामा भए पायक पर्ने स्थानमा सरुवा वा पदस्थापन गर्ने नीति लिने आश्वासन दिएका हुन् ।

हाल यो व्यवस्था राजपत्र अनंकित (नायब सुब्बासम्म)का पदका कर्मचारीहरुमा मात्र लागू हुँदै आएको छ । मन्त्री बुढाथोकीले अब राजपत्र अनंकित पदका कर्मचारीहरुमा पनि यो व्यवस्था मिलाउने संकेत गरे ।

विपद् व्यवस्थापन र पुनर्निर्माणमा कर्मचारीहरुले राम्रो भूमिका खेलेको भन्दै उनले प्रंशसा समेत गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार अर्थसचिव शान्तराज सुवेदीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सर्वोत्कृष्ट, उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।  सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार अर्थ सचिव शान्तराज सुवेदीलाई प्रदान गरिएको छ। यसैगरी  उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *