कर्मा पहाडी शेर्पाको एनआरएनए युकेको महासचिब पदमा उम्मेद्वारी

शान्तिराज राई-काठमाडौ २९ असार-आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए युकेको निर्वाचनमा कर्मा पहाडी शेर्पाले महासचिवको उम्मेदवारी दिने भएका छन् ।

असार २९ गते,सञ्चारकर्मीहरुमाझ उनले उम्मेद्वारी दिने बताएका हुन् । अहिले युकेमा बस्ने धेरै नेपाली दाजु-भाई दिदि-बहिनीहरुले एनआरएनए युकेको विभिन्न पदमा आ-आफ्नो उम्मेद्वारी दिदै गर्दा, सबै साथी भाईले यसको आवस्यकता ठाने सबैको मिलोमतोमा आफ्नो प्यानल बन्न सक्ने बताएका छन ।

शेर्पा वर्तमान नेपाल आदिबासी जनजाति बेलायतका महासचिब हुन् भने बिगतमा युके देखि युरोप सम्म विभिन्न संघ संस्था र राजनीतिक पार्टीका महासचिबको जिम्मेवारी निर्वाह गर्दै विश्व जनमुक्ति मंचका संयोजकका जिम्मेवारि सम्हाली सकेका छन ।

शेर्पाले आफ्नो कामले संस्थालाई सबैले अपनत्व महसुस हुने संस्थाको विश्वास गर्ने व्यक्ति भएता पनि आवस्यकता परे बुदागत रुपमा आफ्नो घोषणापत्र सार्वजानिक गर्ने बताएका छन् । शेर्पा संचारकर्मी पनि हुन् ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES