कला राईको “रैछौँ बैगुनी” सार्वजनिक (भिडियो सहित)

काठमाडौ- चर्चित गायिका कला राईको “रैछौँ बैगुनी” सार्वजनिक भएको छ । आरजु विष्ट सल्यानिको शब्द रचनालाई रेशम चौधरीले कम्पोज गरेको यो गीतलाई चर्चित गायिका कला राईले सार्वजानिक गरेकी हुन् । “पान्धारे चौकी” “ए नि लै लै, छोरीको जीवन उडाई लान्छ रेलले” “गाई हिन्ने गोहो” “बिनायो मुर्चुङ्गा” जस्ता थुप्रै चर्चित गीतहरु बजारमा ल्याई सकेकी गायिका कला राईको “अफर” गीति एल्बममा समेटिने छ ।

“रैछौँ बैगुनी” गीतको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ । यो गीतको म्युजिक भिडियोलाई बिपी याम्फु राईले छायांकन र सम्पादन गरेका छन् भने सुन्दर सुबेदीले यो गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा मणि जंग राई, पार्वती तामाङ्ग र राज कुमारी तामाङ्गले अभिनय गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *