कला राईले “युके हंगकंग कोरियाको चलि रैछ ताँती ” सार्वजनिक (भिडियो सहित)

काठमाडौ १५ चैत्र,गायिका कला राईले “युके हंगकंग कोरियाको चलि रैछ ताँती ” बोलको गीत बजारमा ल्याएकी छिन् । कला राईको आफ्नै शब्दमा रहेको रहेको उक्त गीतलाई सुरेश अधिकारीले संगीत र उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

जिविकाउपार्जनको लागि होस् या धेरै पैसा कमाउनलाई होस्,हिजो आज हंगकंग कोरिया जानेहरुको ताँती नै लाग्ने गरेको छ । यहीँ परिवेसलाई गायिका कला राईले शब्दमा उतारेर गीतमा बदलेकी छिन् ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा उर्मिला केसी र दुर्गा क्षेत्रीले अभिनय गरेका छन् भने, राम गुरुङ्गले छायांकन गरेको हो । यो गीतको म्युजिक भिडियोलाई केशब कटुवालले निर्देशन गरेका हुन् । लूकस एल्बममा समेटिएको उक्त गीत शिव दर्शन फ्लिम्सको पोस्ट प्रोडक्सन रहेको छ ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *