कलिउड प्रोडक्सनको कार्यक्रममा गायक रेवत राईलाई दर्शकले हाने वान्स मोरको झटारो

ईन्द्र जिजीबिषा/काठमाडौ ३ भदौ-कलिउड प्रोडक्सन प्रा.लि. सातदोबाटोले आज तिज बिशेष सांगीतिक सांकृतिक कार्यक्रम गरेको छ । ललितपुरको किरात याक्थुङ्ग चुम्लुङ्गको हलमा कलिउड प्रोडक्सनको दोस्रो प्रस्तुति तिज विशेष वृहत सांस्कृतिक कार्यक्रम २०७४ सम्पन्न कार्यक्रम भएको हो । कलिउड प्रोडक्सन प्रा. लि.को सदस्य प्रेम सुस्लिम मगरको अध्यक्षतामा दिपक घिमिरे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा संगीतकार ठाकुर प्रसाद दुलाल, संगीतकार मण्डल साम्पाङ्ग,ओम प्रसाद,अर्जुन थापा,दिपककुमार रावत,हरि श्रेष्ठ,युके बाट आएका गायक किशोर पुन लगायत अन्य अतिथिहरु रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका दिपक घिमिरेले ” एक दिन व्रत बसेर, खुट्टा धोएको पानि पिउदैमा कहिले पनि श्रीमानको दिर्घायु नहुने बताए” । विशेष अतिथि रहेका ठाकुर प्रसाद दुलालले कार्यक्रम आयोजकलाई बधाई तथा कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

पेमा लामाको स्वागत मन्तव्य बाट सुरुवात भएको कार्यक्रममा “लैला व लैला” बोलको गीतमा स्मृतिले नृत्य प्रस्तुत गर्दै कर्ण लामाले “भागि हिडे कुनै बेला” गीत गाउदा दर्शकहरु मन्त्र मुग्ध बनेका थिए । त्यस्तै कार्यक्रममा “पैले मुहार देख्दैमा” वासुदेव अधिकारीले गीत सुनाएपछि प्रेम मगर र ममता तामाङ्गले “तिमीलाई मन पराको अवस्था हो” बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । साना-साना नानि बाबूहरुले तिज गीतमा नृत्य प्रस्तुत गर्दा तालीको गडगडाहट भएको थियो । उगेन लामाले ट्युब लाईट डान्स प्रस्तुत गरेपछि मारुनी भाकाको गीतमा नृत्य पनि देखाईएको थियो । गायक संजय लामाले ” आँखैमा गाजल” र आई लव यु” बोलको गीत सुनाएका थिए ।

गायक मणि ताम्लिङ्गले वरिष्ठ गायक जितेन राईको “उराठै लाग्छ नि डाँडा परी वन” रिमिक्स गाउदा दर्शकहरुमा उत्साह भरिएको थियो । कार्यक्रममा प्राश्ना राई, पुष्प लामा, अपेक्षा राई,संचिता श्रेष्ठ, ईशक राई लगायत वि वोईङ्ग डान्स ग्रुपहरुले आ-आफ्नो प्रस्तुति देखाएका थिए ।

गायिका दिपा लामाले “हारे हारे हारे, म त हारी” बोलको गीत प्रस्तुत गर्दा दर्शकहरु नाच्नालाई झुम्मिएका थिए । गायक दुर्गेष थापाले राष्ट्रिय गीत ” कि त वार कि त पार” बोलको गीत बाट आफ्नो प्रस्तुति सुरुवात गरे पछि करिब आधा दर्जन गीतहरु सुनाएका थिए । रक र पप शैलीका गीतहरु प्रस्तुत गर्दा केटाकेटीहरु स्टेजमा दुर्गेष थापा संगै झुम्मिएका थिए भने तिज विशेष कार्यक्रममा भेला भएका केहि दर्शक स्रोताहरु घरतिर हिडेका थिए । दुर्गेष थापा पछि, गायिका मनिता राई चाम्लिङ्गले आफ्नो दुई वटा गीत प्रस्तुत गरेकी थिईन् ।

पेमा लामाको युगल नृत्य पछि गायक रेवत राईले आफ्नो प्रस्तुती दिदा छरिएर रहेका दर्शकहरु गायक रेवत संगै स्टेजमा नाच्न पुगेका थिए । “नो-नो-नो डाउट ” “आँखाको गाजल वाला ” गीत गाउदा अधिकांश दर्शकहरु गायक रेवत राई संगै स्टेजमा नाच्दा गायक रेवत राईले वान्स मोरको झटारो सहनु परेको थियो । गीत गाउदा गाउदै पसिनै पसिना भएका गायक रेवतलाई वान्स मोरको झटारो आएपछि फेरि पुनः गीत गाउन स्टेज चढेका गायक रेवत राईले साकेला बिटको गीत “आपाको छोरी”गाएर दर्शकहरुलाई झुमाएका थिए ।

कलिउडको तिज विशेष कार्यक्रम वृहत सांस्कृतिक कार्यक्रमलाई लक्ष्मण जंग थापा,मेख गुरुङ,दिपक जोशी(मलेशिया)हरि श्रेष्ठ,विराट लोवन,कृष्णराजले सहयोग गरेका थिए भने कार्यक्रम संयोजन पेमा लामाले गरेका थिए । कार्यक्रम संचालन सुरज घिसिङ्ग र मिरा मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *