कलैया उपमहानगरपालिकामा काँग्रेसका विजयी

कलैया ११असोज- दोस्रो चरण अन्तर्गत असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।

यादवले १० हजार ९०३ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *