कवाडका सामान संकलनको बहानामा चोरी गर्ने भारतीय चोरहरू पक्राउ

काठमाडौ २ पुस – कवाडका सामान संकलनको बहानामा चोरी गर्ने भारतीय चोरहरूको एक समूह पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाले भारत विहारको समस्तीपुरबाट चोरी गर्न काठमाडौं पसेको ‘चल्ला’ नामको चोर समूहका ६ जना र उनीहरुलाई सघाउने एक नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार समूहले उपत्यकाका विभिन्न स्थानमा कवाडी सामान संकलनको बाहाना बनाई बिहान तथा दिउँसोका समयमा घरभित्र छिरी चोरी गर्ने गरेको देखिन्छ । समुहका सदस्यले घरको झ्याल वा ढोकाबाट भीत्र पस्थे र नगद, सुन चाँदीका गहना र मोबाईल र इलक्ट्रोनिक्स सामाग्रीहरु चोरेर भाग्थे ।

प्रहरीले चोरी समूहका दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बारा निजगढ घर भएका राजकुमार अधिकारीलाई पक्राउ गरेको हो । अधिकारी तीन वर्ष अघि पनि महानगरिय अपराध महाशाखाबाट सार्वजनिक अपराध मुद्दामा तीन हजार धरौटी बुझाएर जेलमुक्त भएका व्यक्ति हुन् । पक्राउ परेका ६ भारतीयहरुमध्ये पाँचजना बीस वर्ष मुनीका छन् ।

यो समूहले चोरी गर्नुअघि कवाडी टिप्ने बहानामा घरको पहिचान गर्ने र अन्य जानकारी लिने गरेको देखिन्छ । सूचना लिइसकेपछि घरमा मान्छे नभएको समयमा एक जना घरभित्र पस्ने र अर्को एकले निगरानी गर्ने गरेको देखिन्छ । प्रहरीका अनुसार चोरी लगत्तै यो समूह भारततिर पस्ने गरेको देखिन्छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका चार मोबाईल, तीन घडी र चोरी गर्दा प्रयोग हुने फलामको रड समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *