कविता “जोगि”

कविता
“जोगि”

हुँदैन सुख ए, जन्माउँदैमा सन्तान
मिल्दै मिल्दैन शान्ति कमाउँदैमा धन
त्यहाँ हुन्छ सुख त्यहाँ मिल्छ शान्ति
जो हिड्छ हरपल भगवानलाई ढोगी
थोरै बुझेर मान्छे हजुर, बन्दैन जोगि
*
सन्तानलाई जति माया सन्तानले दिए
ती बृद्दाआश्रम पक्कै बन्दैन थिए
कमाएर धन सुख शान्ति मिल्छ भन्नू
केवल भ्रम हो योत ज्युन सपना बोकि
थोरै बुझेर मान्छे हजुर, बन्दैन जोगि
*
त्यागेर मोह सृष्टि आफन्त घरपरिवार
पुग्छन् भोले भिक्षा माग्न गाउँ शहर
सुनको गारो पैसाले छाएनी महल
आखिर एक दिन मरेर जाने होनि
थोरै बुझेर मान्छे हजुर, बन्दैन जोगि
*
पैसाप्रेम भन्दै हत्ते गर्ने यो कस्तो कलि
उसैको सन्तान उसैलाई दिन्छन् बलि
युद्ध मैदान यो आफ्नै जिबनको क्षेती
सब गर्यो बिज्ञानले भन्छन् नबुझेर होकि
थोरै बुझेर मान्छे हजुर, बन्दैन जोगि
*
उता रुन्छिन आमा उजाडिँदा गाउँबस्ती
छोरालाई शहरमा चाहिन्छ हररात मस्ति
कहिँ कतै छैन छोरिलाई भरपर्दो कुटुम्ब
यो हालतले मलाई बनायो मानसिक रोगी
थोरै बुझेर मान्छे हजुर, बन्दैन जोगि।।

डि.बि. कार्की ब्यञ्जन
उदयपुर ताम्लिछा ४
हाल राजधानी

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES