कवि जसराज किराती र नरेन्द्र प्यासीको प्रस्तुती संगै अलग अभियानको असार शृंखला सम्पन्न

ललितपुर ३१ असार
वरिष्ठ साहित्यकार जसराज किराती र लोकप्रिय गायक संगीतकार नरेन्द्र प्यासीको विशेष उपस्थिति र प्रस्तुति सहित अलग अभियानको असार शृङ्खला सम्पन्न भएको छ ।

गायक संगीतकार प्यासीले ‘के भुल भो प्रिय’, ‘एउटा परदेशी आई’, ‘तिमी बिनाको जीवन’, ‘मेरो पछि रुने नै को छ र’, ‘किनारमै डुबिसकेँ’ बोलका गीत सुनाए ।

कवि किरातीले सदावहार गीतहरुका लागि गायक प्यासीको प्रशंशा गर्दै ‘अलिकता’, ‘मानचित्र’, ‘संकल्प’, ‘यो शहरमा’ शिर्षकमा कविता सुनाए ।

अतिथिको अलवा पेशल राई, प्रज्ज्वल अधिकारी, उदिम किराती र विनोद बान्तावाले कविता सुनाए । आभा मुकारुङले जसराज किरातीको शब्दलाई मण्डल साम्पाङको संगीतमा ‘मैले आश मागेँ’ बोलको गीत सुनाइन् । सानु सुनारले पनि साम्पाङकै शब्द संगीतमा ‘बादलभै उडूँ भन्छु’ बोलको गीत सुनाइन् ।

वाद्यवादनमा भने तबलामा यम कुमार समाल, गिटारमा आकाश गोर्खाली र हार्मोनियममा मण्डल साम्पाङले साथ दिएका थिए ।

अलग अभियानले हरेक महिनाको अन्तिम शनिबार साहित्य र संगीतको शृङ्खला आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *