कसैलाई होच्याउने अभिप्रायले जात नसोधिएको शुस्मिताको दाबी

काठमाडौ ११ साउन-नायिका तथा निर्मात्री शुस्मिता केसीले पत्रकारलाई धम्कि दिएको समाचार बाहिर आएपछि यसबारेमा नायिका तथा निर्मात्री शुस्मिता केसी संग बुझ्दा “जात सोधेर पत्रकार उत्सव रसाईलीलाई होच्याएको नभई रसाईली थर आफूलाई साच्चिकै थाहा नभएरै सोधेको र थाहा नभएको कुरा सोध्ने जो कोहीलाई पनि अधिकार हुने बताईन् ।

कसैलाई होच्याउने आफ्नो मनसाय नभएको पनि स्पस्ट पारेकी छन् । पत्रकार उत्सव चिनजानकै भएकोले सधै बोलि रहने तर रसाईली भन्ने कुन थर हो भन्ने आफूलाई थाहा नभएकोले नै यो सोधेको बताएकी छन् ।

समाचारको सन्दर्भमा कुरा गर्दा पत्रकारले रामो या नराम्रो सबै प्रकारको समाचार लेख्नु उसको दायित्व हो भनेकी छन् । चलचित्र सायद २ का निर्माता तथा चलचित्र निर्माता संघका सदस्य सुनिल रावल र उक्त चलचित्रकी नायिका स्यारोन बीच भएको विवाद मिले पछि समाचार नआएको प्रति आफु असन्तुष्ट रहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *