काँग्रेस र एमालेको गढमा फोरमको प्रवेश

अभिमनु कुमार पटेल, रौतहट ३ असार
संघीय समाजवादी फोरम नेपाल रौतहटले आज आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम गौर न.पा. वडा नं ७ साविक गाविस हजमिनियामा सयौ काँगे्रस, एमाले, माओवादी पार्टीका नेताहरु प्रवेश गरेको छ ।

राजपा नेपालले बिरोध गरेपनि फोरम नेपालको पार्टी प्रवेश तथा अन्य कार्यक्रमहरु रौतहट लगायत मधेशमा अथावत नै रहेको छ ।काँग्रेस र एमाले पार्टीको गढ भन्ने गाविसको रुपमा रहेको हजमिनियाको नि.वर्तमान गाविस अध्यक्ष सनुप महतोको अगुवाईमा पाँचसय भन्दा बढी नेता, कार्यकतार्, युवाहरहरु फोरम नेपाल पार्टीमा प्रवेश गरेका छन ।

पार्टीका प्रमुख अतिथि फोरम नेपालको केन्द्रीय महासचिव तथा पूर्व सभासद रामसहाय यादवले नेता सनुप महतो लगायत सबै नव पार्टी प्रवेशीलाई फुलमालाले भव्य समारोहका बीच स्वागत गर्नुभयो ।महासचिव यादवले स्वागत गर्दै अब उपरान्त दक्षता र कार्य सम्पन्नताको आधारमा समुचित स्थान र अवसर दिने उदघोष गर्नुभयो । मधेशी जनताको हकअधिकारसँग फोरम नेपालले कुनै धोका विगत देखि अहिले सम्म नरेको र नगर्ने छ । स्थानीय तहको निर्वाचनमा भाग लिएकोले हाम्रो माग चाहि हराएको छैन । मधेशमा जुन राजपा नेपालले फोरमको बिरोध व्यापक भ्रामक छिरिरहेकोले हामी माथी मधेशी जनताहरुको विश्वास छ फोरम एक इमान्दार पार्टी हो जसले मधेशीको माग दिलाएको छ र आउने दिनमा पनि दिलाउन तत्पर तयार रहने महासचिव यादवले बताएका छन ।

जिल्ला कार्य समिति रौतहटले तिन सय भन्दा बढी मोटरसाईकल सहित सदरमुकाम गौरमा केन्द्रीय महासचिव रामसहाय यादवको स्वागतमा रैली निकालेका थिए ।

सो पार्टी प्रवेश कार्यक्रम राम अवतार पंडितको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा केन्द्रीय सदस्य रामकिशोर यादव, बबन सिंह, योगेन्द्र राय यादव, बिन्देश्वर यादव , रेवन्त झा , जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, उपाध्यक्ष श्यामबिहारी यादव, पूर्व अध्यक्ष रामनिवाश यादव, पूर्व मेयर गौरीशंकर यादव, विधार्थी अध्यक्ष प्रकाश भाई सहित हजारौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *