काँडा गाउँपालिकाको वडा नं ५ मा नेकपा एमालेका प्यानलै विजयी

काठमाडौ ५ असार- बझाङ्ग जिल्लाको उतरी क्षेत्रमा पर्ने काँडा गाउँपालिकाको वडा नं ५ मा नेकपा एमालेका वडा अध्यक्ष सहित सम्पूर्ण प्यानल निर्विरोध निर्वाचित भएको छ । कुनै पनि पदमा अन्य दलका उम्मेदवारको मनोनयन नपरेपछि एमाले प्यानल निर्विरोध भएको हो ।
निर्विरोध निर्वाचित हुनेमा वडाअध्यक्ष धनजय बोहरा, महिला सदस्य अम्मरा बोहरा, पुरुष सदस्यहरुमा डबल बोहरा र कलु बोहरा रहेका छन् । यस वडामा दलितको बसोबास नभएका कारण दलित सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन ।
यस्तै काँडा गाउँपालिकाको वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदकी उम्मेदवार अमृता विक पनि निर्वारोध निर्वाचित भएकी छन् । उनको पदमा पनि कसैको उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वाचित भएकी छिन् ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES