कांग्रेस बाट ३ जना मन्त्रीको नाम टुंगो, आज पौने २ बजे सपथ ग्रहण लिने

काठमाडौ २४ जेठ- नवनिर्वाचित प्रधानमन्त्री शेबहादुर देउवाले आज बुधबार पद तथा गोपनियताको सपथ लिनेछन् । लगतै सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नेछन् । नेपाली कांग्रेसले पहिलो चरणमा उपप्रधानसहित तीन मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने भएको छ ।

कांग्रेसका तर्फबाट पूर्व उपसभापति गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । उनलाई रक्षा मन्त्रालय दिने तयारी छ ।

यस्तै ज्ञानेन्द्रबहादुर कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय दिईने भएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि यो मन्त्रालय दाबी गरेका थिए । तर, भौतिक पूर्वाधार आफैंसँग राख्ने कांग्रेसको तयारी छ ।

अर्का मन्त्री रामचन्द्र पौडेल समूहबाट हुनेछन् । रामचन्द्र पौडेल समुहबाट महेश आचार्य मन्त्री हुने सम्भावना छ । तर, उनको नाम आइसकेको छैन ।

दिउँसो पौने २ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवाको सपथ ग्रहण सकिएपछि राष्ट्रपति भण्डारीले कांग्रेस र माओवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुलाई पनि सपथ खुवाउने छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *