कांग्रेस सभासदले भने, बढेको तलब भत्ता तुरुन्त चाहियो

ram ayodhya prasadअसोज १८ काठमाडौं, मंगलवार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राम अयोध्या प्रसाद यादवले सोधे-बढेको तलब भत्ता खोइ त ?

यसअघि कांग्रेसकै सांसद प्रेमकिशोर प्रसाद साहले पनि सांसदहरुको तलब भत्ताले काठमाडौंमा बस्न नसकिने भन्दै बृद्धि हुनुपर्ने माग गरेका थिए ।

सांसद यादव मिडियाकर्मीमाथि समेत खनिंदै भने, मिडियाले पनि सहि समाचार लेख्नुहोस, ०५२ सालदेखि सांसदको भत्ता बढेको छैन ।

पत्रपत्रिका पढेर घरबेटीले भाडा बढाइसके । तर हामीले पाएका छैनौं । मिडियाहरुले सांसदहरुको तलब भत्ता बढेको भनेर समाचार लेखेपछि घरबेटीले २० देखि २५ हजारसम्म घरभाडा बढाएको गुनासो गरे ।
अबिलम्ब सरकारले नियमावली बनाएर सुबिधा बढाएर साउनदेखिकै बढेको तलबभत्ता देओस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *