काठमाडौको न्युरोडमा लिफ्ट सिस्टमको पार्किङ्ग बन्ने

असोज ३० काठमाडौं, काठमाडौं महानगरपालिकाले, न्युरोडको भूगोलपार्कमा लिफ्ट सिस्टमको बहु तले पार्किङ निर्माण गर्ने भएको छ । न्युरोडमा बन्ने बहु तले पार्किङको सम्भाव्यता अध्ययन गर्न एक कम्पनीलाई जिम्मा दिने तयारी महानगरले गरिरहेको छ ।

काठमाडौकै, लैनचौर र न्युरोडमा निर्माण हुने भूमीगत पार्किङको डिजाइन र सम्भाव्यता अध्ययन सकाएपछि महानगरले न्युरोडमा पनि निर्माण हुने बहु तले पार्किङको निर्माणका लागि प्रत्रिया थालेको हो ।

झण्डै २५ करोड रुपैयाँमा बन्ने अनुमान गरिएको यो पार्किङ भवनको निर्माण गर्न स्टील फिक्सिङ वा आरसीसी मध्ये कुनै एक गर्ने योजना छ ।

सार्वजनिक निजी साझेदारी अवधारणा पार्किङ निर्माण गरेर २५ वर्षसम्म निर्माता कम्पनीलाई सञ्चालन अनुमति दिने अवधारणा बनाइएको छ । त्यसपछि भने महानगरपालिकाले स्वामित्व लिएर आफैंले सञ्चालन गर्ने योजना बनेको छ ।

यसरी डेढ रोपनीमा बन्ने पार्किङ भवनमा विभिन्न तलामा गरेर झण्डै ठूलो संख्यामा गाडी पार्किङ गर्न सकिने छ । स्वचालित पद्धतिको लिफ्ट सिस्टमसहितको यो पार्किङ निकै उपयोगी हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *