काठमाडौको बिजुली बजार र तीनकुनेमा अत्याधुनिक पुल बन्ने

ark bridgअसोज ११ काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा अबको डेढ वर्ष भित्रमा अत्याधुनिक र आकर्षक पुल बन्ने भएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको हो । यो नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ हुनेछ ।

पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्धनको पक्षले पनि उत्कृष्ट मानिएको छ । धोबीखोलामा पुल निर्माणका लागि काम सुरु भइसकेको छ भने बाग्मती नदीमा बन्ने पुलको डिजाइन स्वीकृतिको अन्तिम चरणमा छ ।

आयोजनाका अनुसार बिजुलीबजारको पुलको लागत १२ करोड रूपैयाँ छ । बागमती नदीमा बन्ने पुलको भने २१ करोड लागत पुग्नेछ ।

बिजुलीबजारको पुल ५० मिटर लामो बन्ने छ । यसको निर्माणको जिम्मा जेइ कन्सट्रक्सनलाई दिइएको छ ।

बाग्मती पुलको लम्बाइ भने ८५ मिटर लामो छ । यसको निर्माण पप्पु कन्सट्रक्सनले गर्नेछ । यसमा पनि बिजुलीबजारमा जस्तै गरी सर्भिसलेन सँग जोडेर दुई वटा आर्क ब्रिज हालिनेछ ।

 

फोटो नमुना- फाइल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *