काठमाडौमा अब थप ८ ठाउँ वान वे र १३ स्थानमा बायाँ घुम्न नपाउने

काठमाडौँ १८ असार- राजधानीमा बढ्दो ट्राफिक जामलाई मध्यनजर गर्दै राजधानीका विभिन्न ८ स्थानमा ‘वान वे’ थप गरिएको छ भने थप १३ स्थानमा दायाँ मोड्न (राइट टर्न) निषेध गरिने भएको छ।

कहाँ-कहाँ भयो वान वे ?
– मैतिदेवी मोडबाट मैतिदेवी चोकतर्फ जान पाउने तर मन्दिरतिर आउन नपाउने,
-खिचापोखरीबाट एभरेष्ट बैँकतर्फ जान नपाउने ,
-पाटन चापागाउँ मोडबाट आउन पाउने तर सातदोबाटो तर्फबाट जान नपाउने,
-राष्ट्रपति कार्यालयको पर्खालको बाटोमा दुई नम्बर गण जाने बाटोबाट ठूला सवारी साधन प्रवेशमा निषेध,
-स्वयम्भू चोकबाट आनन्दकुटी  भगवान पाउ किमडोल हुँदै जान पाउने स्वयम्भू चोक तर्फबाट किमडोल हुँदै छाउनीतर्फ जान नपाउने,
– गहनापोखरीबाट आउन नपाउने,
– बाटुलेघरबाट चारखालतर्फ जान नपाउने र कृष्ण पाउरोटी चोकबाट बैँक अफ काठमाडौंतर्फ आउने गल्लीबाट मात्र  आउन पाउने

यी हुन् दाहिने मोड्न नपाउने स्थानहरु
त्रिपुरेश्वरदेखि कालिमाटी सडकः कनक पेट्रोल पम्प,  परोपकारतर्फ जाने नयाँ बाटो,
माइतिघरदेखि कृष्ण पाउरोटी सडकः कुमारी मोड,  शंकरदेव मोड
पुरानो बानेश्वर सडक खण्डः  नयाँ बानेश्वरतर्फबाट आएका भिमसेनगोलातर्फ जान नपाउने
छातेगणेश
न्यूरोड पिपलबोट, संकटा मोड
बाँसघारी
कुमारी मन्दिर
ज्ञानेश्वर ओरालो
अमृत साइन्स क्याम्पस
सोह्रखुट्टे ओरालो
एयरपोर्टबाट आएका गाडीहरुले सिनामंगल घुम्नु पर्ने।

अब राजधानीको ट्राफिक व्यवस्था सुधार गर्न प्रहरीले ट्राफिक निगरानी भ्यानसमेत संचालन गर्ने भएको छ। यो भ्यानमा छतमा चारवटा सिसी क्यामरा एक किलोमिटरसम्म सवारीको नम्बरसमेत देख्न सक्ने प्रकारका र भ्यानमा चार जना प्रहरीले सिसी क्यामरा निगरानी गरिरहने र कसैले ट्राफिक नियम उल्लङ्घन गरे, जाम गरे, तत्काल कारबाही गर्ने महाशाखाका डिआइजी मिङ्मार लामाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *