काठमाडौमा चोरीको आरोपमा तिन जना पक्राउ

कार्तिक २३ काठमाडौ,काठमाडौका विभिन्न स्थानमा दिउसोको समयमा मानिस घरमा नभएको मौका पारी ढोकाफोडी कोठामा भएको नगद तथा सुन चाँदीका गरगहना चोरी गर्ने तथा चोरीको सामान खरिद गर्ने ३ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चोरी गर्ने काभ्रे सरमथली ९ घर भई बागबजार बस्ने २८ बर्षीय वाङदेन तामाङ, काभ्रे बेग सिम्ले ७ घर भएका २३ बर्षीय सुमन तामाङ तथा चोरीको सामान खरिद गर्ने भारत बिहार खगडिया घर भई बागबजार स्थित सुन चाँदी पसल संचालन गरी बस्ने ३६ बर्षीय पंकज कुमार दाश रहेका छन् ।

उनीहरुबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप २ थान, क्यामेरा ५ थान, नेपाली तथा बिदेशी सिक्काहरु, खुकुरी,विभिन्न चाँदीका गहनाहरु, फलामको ढोका फोड्ने रड लगायतका सामान बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौमा जानकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *