काठमाडौमा सार्वजानिक यातायातको लागी अब छुट्टै लेन

काठमाडौ,१२ असार-सरकारले सार्वजनिक बसका लागी छुट्टै लेन तोक्ने भएको छ ।पहिलो चरण अन्तरगत रिंगरोड र माइतीघर-सूर्यबिनायक सडकमा छुट्टै लेन तोक्ने तयारी गरेको हो । चरक्रपथ अन्तरगतको कलंकी-कोटेश्वर-कलंकी खण्डको विस्तार सकिएपछि ‘र्‍यापिड बस ट्रान्जिट’ को ब्यवस्था गर्ने तयारी गरिएको हो ।

हाललाई माइतीघर-कोटेश्वर-सूर्यबिनायक खण्डमा भने रोड मार्किङ चुस्त गरेर यो किसिमको ब्यवस्था लागू गर्ने तयारी गरिएको छ । यो ब्यवस्था लागू भएमा सार्वजनिक बसहरुले गुड्न छुट्टै लेन पाउनेछन् । त्यसमा निजी सवारी साधनहरु गुड्न पाउने छैनन् ।

अहिले फराकिला बाटोमा पनि सार्वजनिक सवारीसमेत घन्टौं जाममा बस्नुपर्ने बाध्यता घटाउन यसले सहयोग पुग्ने अपेक्षा छ । त्यसो भएमा सार्वजनिक बस प्रयोग गर्ने यात्रुको संख्या बढ्ने विश्वास सरकारको छ । ट्राफिक लाइटहरुको पनि ब्यवस्था गरेर रिंगरोड र माइतिघर-कोटेश्वर-सूर्यविनायक खण्डमा र्‍यापीड बस ट्रान्जिट लागू गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *