काठमाडौस्थित, कोटेश्वर-मूलपानी सडक खण्डको जडिबुटिमा, एक जना नेपाली सेना मृत अवस्थामा भिटियो

jadibuti accidentईन्द्र जिजीबिषा-असोज २२ काठमाडौ, दोलखा जिल्ला,बोच गा.वि.स वडा नम्बर १ मकैबारी घर भइ, दुर्गा बक्स गण मंगलसेन अछाममा कार्यरत नेपाली सेना सुन्दर थापा,आज बिहान काठमाडौको जडिबुटीमा मृत अवस्थामा भेटिएको छ ।

कोटेश्वर बाट मूलपानी जाने सडक खण्डमा सडकको दायाँ तर्फ रहेको नालि भित्र साइकल संगै खसेर मृत अवस्थामा भेटिएको मृतक थापाको घाँटी र गालामा घस्रीएको देखिन्छ भने अनुहार पुरै रगताम्य छ ।

स्थानियले बिहान प्रहरीलाई खबर गरे पछि महानगरीय प्रहरी बृत कोटेश्वर बाट घटनाको मुचुल्का उठाउन बिहान ६ बजे प्रहरी घटना स्थलमा पुगेका थिए ।सारा घटनाको मुचुल्का उठाएर महानगरीय प्रहरी बृत कोटेश्वरले तिनकुनेस्थित महानगरीय प्रहरी बृत नयाँ बानेश्वरलाई जिम्मा दिएको थियो । अहिले मृतक थापाको लाशलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

मृतक थापाको श्रीमतीलाई खबर गरि सकिएको तर आइनपुगेकोले घटनाको अनुसन्धान भइरहेको प्रहरीले सुचना खबरलाई जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *