कुमार लिङ्देनले दिए बिबादास्पद अभिव्यक्ति अहिलेको पत्रकार हरुको विरुद्ध हु

शान्तिराज राई-असोज ८ काठमाडौ  विभिन्न समय बिबादास्पद छवि लिएर आईरहने कुमार लिङ्देन अन्ततः फेरि विबादमा तानिएका छन । उनले आफ्नो पार्टी र आफ्नो समाचार नलेखेकोमा पत्रकार हरु माथि आक्रोश ब्याक्त गर्दै लेखेका छन ।kumar lingden
मेरो एउटा भनाइ जहिले बिबादास्पद हुन्छ- ” यदि यो यात्रामा सबै मेरा साथिहरुले मेरो साथ छोडे भने पनि म एक्लै सडकमा तरवार बोकेर निस्कने छु, एकात्मक राज्य बिरुद्ध लडने छु, तर शिंहदरवार अघि म कहिले र कहिले आत्मासमर्पण गर्ने छैन ।”

मैले जहिले भनेको छु- म अहिलेको राज्य बिरोधी हु,अहिलेको अदालत बिरोधी हु,अहिलेको पत्रकारिता बिरोधी हु,
मेरो यो कसुरमा मलाइ जस्तो सुकै सजाय दिए हुन्छ ।

कुमार लिङ्देन पुर्वको चर्चित बिबादास्पद नेता हुन । पछिल्लो पटक नौ जिल्ला लिम्बुवानको माग सहित राजनैतिक यात्रा सुरु गरेका लिङ्देनको आफ्नै लिम्बुवान भित्र पुरानो र खारिएका नेताहरूले मान्दैन । पछिल्लो पटक थारुहट, खम्बुवान, ताम्सालिङ आदि मिलाएर सङघिय लोकतान्त्रिक मञ्च बनाएर सयुक्त राजनीति गरेका रुकमणी थारु, राजकुमार नाल्बो, आर के खम्बु लगायतको संयुक्त मञ्च पनि कुमार लिङदेनकै कारण फुटेको बताइएको छ ।

त्यो विबादको बारेमा राजकुमार खम्बुले भने त्यो मुद्दामा सरासर गलत र पार्टीको हित बिपरित काम भएको छ । केन्द्रिय समितिले इन्द्रहाङ किरातिलाई अध्यक्ष बनाइएको तर कुमार लिङ्देनले रातारात बैठक पुस्तिका च्यातेको बताए । त्यति मात्रै हैन लिङ्देनले पछिल्लो पटक भेडेटारमा लिम्बुवान सम्बद्द पाँच वटा सासना पार्टी जोडेर सङ्घिय लिम्बुवान पार्टीको अध्यक्ष समेत बनेका थिए ।

तर त्यहा पनी आफ्नै मनोमानी सुरु गरेको आर्थिक परादर्शिता नदेखाएको भन्दै चर्को अवाज सहित केन्द्रिय समितिको बैठक माग बढेसी रातारात मञ्च ब्युताएर अध्यक्ष बनेर भागेको आरोप सङ्घिय लिम्बुवान पार्टीको नेता हरुको आरोप छ । आफ्नै जाती र पार्टी बाट विस्वास गुमाउदै गएका लिङ्देन फेरि पत्रकार हरु माथी खनिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *