केपी ओली निवासको मूल गेट नजिकै बम विष्फोट

झापा,९ मंसिर -एमाले अध्यक्ष केपी ओलीको दमकस्थित निवासको मूल गेट नजिकै आज बिहानै अज्ञात समूहले विस्फोट गराएको छ । सो स्थानमा शंकास्पद वस्तु पनि फेला परेको प्रहरीले जनाएको छ । ओली झापा ५ का उम्मेद्वार पनि हुन् ।

त्यस्तै झापा-२ का प्रतिनिधि सभा उम्मेद्वार तथा झापा कांग्रेसका सभापति उद्धव थापाको घरमा शुक्रबार राति विस्फोट भएको छ । सो क्रममा उनको सवारीमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES