केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लुटतान्त्रीक पार्टिको संज्ञा दिए

दमक, २८ कात्तिक – नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लुटतान्त्रीक पार्टिको संज्ञा दिएका छन् । मंगलवार दमकमा आयोजीत एक कार्यक्रममा बोल्दै ओलीले नेपाली कांग्रेसलाई यस्तो आरोप लगाएका हुन् । चिनीया कम्पनीले लगानी गर्ने भनेको बुढि गण्डकी जलविद्युत आयोना खारेज गरेकोमा कमिसन नपुगेर सरकारले खारेज गर्ने निर्णय गरेको पनि आरोप लगाए ।

‘चुनाव लागेको छ चुनाव प्रचारका लागि चिनिया टोलीसँग पैसा माग्यो होला चिनिया कम्पनीले चन्दा नदिने बताएपछि उक्त आयोजनाको लगानी खारेज गरिको हो ।’ ओलीले भने । ‘यसरी आफ्नो पक्षमा फाइदा हुने काम र योजना भएमा मात्र कांग्रेसले सदर गर्ने र आफु अनुकुल नभएपछि त्यसको बदर गर्ने पार्टि रहेकोले नेपाली कांग्रेस लोकतान्त्रीक पार्टि हुन नसक्ने र अलोकतान्त्रीक पार्टि हो । ’ ओलीले अगाडि थपे ।

त्यसै गरि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनको वारेमा प्रतिपक्षले गरेको प्रचारको खण्डन गरेका छन् । बाम गठबन्धन देशको बिकास र समृद्धीको लागी भएकोले प्रतिपक्षले गरेको झुटो प्रचारमा विश्वास नगर्न आम नागरिकलाई सुझाव समेत दिए ।

आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधी सभाका उम्मेद्धावार समेत रहेका ओलीलाई यहाँका माओवादी नेताहरुले अत्याधिक मतान्तरले जिताउने प्रतिबद्धता समेत गरेका छन् । नेकपा माओवादी केन्द्र झापाले आयोजना गरेको अध्यक्ष ओलीसँगको साक्षात्कार कार्यक्रममा गौरादह, कमल, गौरिगञ्ज र दमकका माओवादी नेताहरुले ओलीलाई अत्याधिक मातान्तरका साथ जिताउने प्रतिबद्धता गरेका हुन् । कार्यक्रममा माओवादी केन्द्रकी नेत्री धर्मशिला , पोलिटब्यूरो सदस्य रामनारायण बिडारी लगायतले मन्तब्य राखेक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *