के, मृत्यु पनि मान्छेपिच्छे फरक हुन्छ यहाँ ? (नेपाल सरकारलाई चिट्ठी )

मेरो सरकार
स- प्रेम,सम्झना

       मेरो सरकार, खै कुन शब्द बाट लेख्न सुरु गरौ ? खासै लेखनिय खबर त छैन । तर पनि आज तिम्रो यादले सताएको कारण यो पत्र लेख्दै छु । आरामै छौ,भन्ने खवर सुनेको थिएँ । सदा आराम रहनु, मेरो कामना । तिम्रो खानपिन हुँदै होला, मैले पनि आज, दुई किलो चामल उधारो ल्याएर पकाउने तरखरमा छु । तर के गर्नु सरकार, ग्यास किन्ने पैसा छैन, स्टोभ बाल्न घरबेटीले दिदैन । उधारो किनेको चामल हेर्दै, म तपाइँलाई चिठी लेख्दै छु ।
सरकार के भनौ खै ? आज बिहानै म रत्नपार्क पुगेको थिएँ । दशैको चहलपहल निक्कै बाक्लो थियो । अधिकांश मान्छेहरु, किनमेलमा व्यस्त थिए, केही हुल मान्छेहरु गाडी चढ्दै थिए, केही हुल मान्छेहरु गाडी बाट झर्दै थिए। म रानीपोखरी तर्फ फर्किएर उभिरहेको थिएँ । नजिकैको लाउडस्पिकर बाट आएको आवाजले मेरो ध्यान तान्यो ।kidny नजिकै गएँ। मृगौला प्रत्यारोपण गर्नको लागि सहयोग माग्ने एक जना बिरामी रहेछ । छेउमा एउटा लाउडस्पिकर थियो । टुक्रुक्क बसेको एक जना बिरामी र नजिकै डोरिले झुण्याइएको एउटा फ्लास बोर्ड। फ्लास बोर्डमा लेखिएको थियो, तनहुँ जिल्ला, भानु नगरपालिका ८ स्थायी घर भइ, हाल धापासी गणेश मन्दिर छेउ, घर नम्बर २२ मा डेरा गरि बस्ने, म सोमबहादुर राना मगर, बर्ष ३६ को दुइवटै मृगौला फेल भइ, २०७१ साल माघ २ गते बाट त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा डाइलसीस गराई रहेको छु । यश अवस्थामा मेरी श्रीमतीले पनि मलाई छाडेर अर्कै संग बिहे गरिन् । मेरि बहिनी मोदि राना मगरले मृगौला दिने इच्छा राखेकी छिन् । तर मेरो आर्थिक अवस्था कमजोर भएकोले, प्रत्यारोपण गर्न सकिरहेको छुइन । स्वदेश तथा बिदेशमा बस्नुहुने, करुणामय दाजुभाइ तथा दिदिबहिनीहरुमा, मलाई सहयोग गरि मृगौला प्रत्यारोपण गराइ मलाई बचाउन हार्दिक अपिल गर्दछु ।यति पढी सके पछि, मलाई कता कता नमिठो लाग्यो ।मेरो सरकार, तिमीलाई म कुन खबर सुनाउँ ? म आफै पनि आर्थिक पीडित हुँ । आर्थिक अभावकै कारण मैले मेरो बाबुआमा र दिदिलाई अल्पायुमै गुमाउनु पर्‍यो ।खै के गर्ने सरकार ?पैसा कमाउन पनि भाग्यमै लेखेर ल्याउनु पर्ने रहेछ । गाउँ गएर हलो जोतु भने,१२ महिना जोत्दा ६ महिना खान पुग्दैन ।सरकारी जागिर खानलाई बाबु मन्त्रालय पुग्न नपाइ यमराजले बोलायो । अब त आर्थिक पिडामा छटपटाएर, शहरको गल्ली गल्लि चाहार्नु बाहेक के नै गर्न सक्छु र ?

kidny 1      मेरो सरकार, त्यहाँ बाट पारिपट्टी भोटाहिटी जाने आकाशे पुल नजिकै पुगेँ। त्यहाँ रामेछाप भिरपानी गाविस वडा नम्बर १ मृगौला पीडित विष्णुकुमार श्रेष्ठ सहयोगको लागि हात थापी रहनु भएको थियो । त्यहाँ बाट सरासर सुन्धारा तर्फ लागेँ ।काठमाडौ मलको अगाडि फेरि अर्को बिरामी भेटियो रविन्द्र थामी ।मैले सोधे रविन्द्र जी, दिनभरिमा कति जम्मा गर्नु हुन्छ ? रविन्द्र थामीले भन्नू भयो । यतिउती भन्ने हुदैन ।कहिले दिनको चार पाँच सय त कहिले दिनको सात आठ सय सम्म । अनि उपचार गर्न कति लाग्ने रे त ?आफन्तले मृगौला दिए प्रत्यारोपण गर्न ८ लाख जति लाग्छ रे । रविन्द्र जीको कुरा सुने मात्र । तर केही गर्न सकिन ।kidney अर्को दिन लगनखेल पुगेँ । त्यहाँ भेट भयो एक जना मुटु रोगी सुर्यकुमारी सिलवाल । उनलाई मैले केही सोधिन । उनी दिनभरि जम्मा भएको पाँच दसका नोटहरु भेला गर्दै थिइन् । कति जम्मा भयो ? त्यो पनि सोधिन । एक क्लिक फोटो खिचे त्यसपछि कोटेश्वर तिर हुँइकिय । कोटेश्वरमा पनि एक जना मृगौला पिडित सहयोगको लागि भिख मागी रहनु भएको थियो ।

      हे, मेरो सरकार, के, मृत्यु पनि मान्छेपिच्छे फरक हुन्छ यहाँ ? अस्ति भर्खरै टिचिङ हस्पिटलको दुई तला माथी बाट एकजना मृगौला पिडित उपचार गर्न नसकेर हामफालेर आत्महत्या गर्‍यो । यस्ता त उदाहरण पात्र मात्र हुन् मेरो सरकार ।नेपालको बिकट गाउँ गाउँमा यस्ता पीडित लाखौ छन् । रुघा लाग्दा डिकोल्ड हैन, बेसार पानी उमालेर पिउछन् । सदरमुकाममा खुलेका जिल्ला अस्पतालले, अवधी सकिन लागेका औषधि बेचेर पीडितहरु बाट पैसा असुलछन् । मेरो सरकार, मृगौला डाइलोसिस गर्न त सरकारले फ्री गराइ दियौं । तर प्रत्यारोपण पनि फ्री गराइ दिए के हुन्छ र ? आखिर जनताले तिरेको राजस्व संकलन, राष्ट्रिय ढुकुटी न हो । तिम्रो खल्तीको पैसा निकालेर कसैलाइ दिनु पर्ने हैन । बलिया बलिया गुन्डागर्दी गर्नेहरु पालेकै छौ। विभिन्न राजनीतिक पाटिलाई चन्दा दिएकै छौ । भ्रष्टाचारीलाई छुट दिएकै छौ ।तर गरिब जनताले सडकमा बसेर जीवनदान माग्दा किन मौन छौ ?
मेरो सरकार,देशमा विभिन्न कालखण्डमा विभिन्न तन्त्रहरु आए ।तर मेरो सरकार, खै त यहाँ न्याय र समानता आएको ? मेरो सरकार, अस्ति भर्खरै धादिङमा बस पल्टिँदा १९ जनाको ज्यान गयो । ठिक त्यहीबेला पुर्व मन्त्री माधव घिमिरे तिर्थयात्रा बाट फर्किदै गर्दा उनको गाडी त्रीशुली नदिमा खसेर बेपता भयो । पुर्व मन्त्री माधव घिमिरेलाई खोज्नु सरकारको उच्चपदस्थ व्याक्तीहरु पुगे । बंगलादेश बाट गोताखोर ल्याउने चर्चा चल्यो । तर १९ जनाको ज्यान जादा तिमीमा न कुनै हतोत्साही न नैरस्यता नै देखियो । heart
मेरो सरकार, पुर्व राष्ट्रपति रामवरण यादवको अमेरिकामा लागेको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने मन्त्री परिषदले निर्णय गर्‍यो । गुगल बोय भनेर तिमीले भनेको आदित्य दाहाललाई उपचार गर्न अमेरिका पठायौ । मेरो सरकार, मैले उनिहरुको उपचार हुनु हुदैन भन्न खोजेको हैन । उपचार हुनु पर्छ । तर सरकार, खै त यहाँ समानता र न्याय ? उनिहरुलाई जतिकै सेवा र सहयोग किन अरु पिडितहरुले पाएनन् ? के मान्छेको मृत्युको मोल सस्तो र महंगो हुन्छ ? तपाइँ आफ्नो मान्छेहरुलाई एयर एम्बुलेन्समा भारतको मेदान्त अस्पताल पुर्‍याउनु हुन्छ तर,गरिब जनताहरुलाई कम्बलमा पोको पारेर बोक्नुलाई बाँस छैन ।मेरो सरकार, ठुलाबडाको लागि उपचार हुने नेपालमा अस्पताल छैन त ? कि जनताको आँखामा छारो हाल्नलाई मात्र नेपालको अस्पताल खुलेका हुन् ?
मेरो सरकार, चिट्ठी लामो हुन लाग्यो ।तपाइँलाई पनि हतार होला । मामा, फुपुचेला,भान्जा, मीत मितिनीलाई भन्सारको हाकिम बनाउनु बाँकी नै होला । फेरि अर्को पत्रमा बाँकी जानकारी गराउदै जानेछु नै, त्यतिञ्जेल सम्मको लागी बिदा चाहन्छु ।

 

ईन्द्र जिजीबिषा
सुचना खबर डट कम

2 thoughts on “के, मृत्यु पनि मान्छेपिच्छे फरक हुन्छ यहाँ ? (नेपाल सरकारलाई चिट्ठी )

Leave a Reply

Your email address will not be published.