कोटेश्वरको गेस्ट हाउसमा एक जना मृत अवस्थामा फेला

माघ २७ काठमाडौ,गेस्ट हाउसमा एक जना मृत अवस्थामा फेला परेको छ ।

कोटेश्वरस्थित मुस्कान गेस्ट हाउसको कोठा नम्बर १०४ मा झापा महारानी झोडा वडा नम्बर ७ डोरमारी घर भएका सल बहादुर भण्डारी बिहिवार दिउसो करिब २ बजे तिर मृत अवस्थामा भेटिएको थियो ।

मृतकको निधारमा स-साना केहि ठोक्किएको जस्तो देखिएको छ । शरीरको तल्लो भाग बाट पैताला सम्मै दिशा-पिसाब देखिएको छ ।

गाउमा मृतक भण्डारीले समाज सेवा गर्ने मृतको नाताले काका पर्ने चन्द्र भण्डारीले सूचना खबरलाई जानकारी दिए ।

मृतक सल बहादुर भण्डारीको लाशलाई पोष्ट मार्टमको लागि शिक्षण अस्पताल लगिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *