कोरियन भाषा परीक्षाका लागि अनलाइनमार्फत् आवेदन दिन मिल्ने

चैत्र २ काठमाडौ,रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सञ्चालन गरिने आठौँ कोरियन भाषा परीक्षाका लागि अनलाइनमार्फत् आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ । परीक्षामा सहभागी हुन चाहानेले चैत्र ९ देखि १८ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । आवेदनको समयमा आवेदकको चापका कारण सर्भरमा समस्या उत्पन्न नहुनेमा इपीएस कार्यालयले जनाएको छ ।

भाषा परीक्षा आवेदनका लागि चैत्र ९ बाट मात्रै संचालन हुने गरी कार्यालयले eoers.epsnepal.gov.np साइटको व्यवस्था गरेको छ ।उक्त साइटमा आवेदकले ग्लोबल आइएमई बैंकमा रकम डिपोजिट गरेको भौचर नम्बर उल्लेख गरे पश्चात फर्मका अन्य अप्सन खुल्ने व्यवस्था मिलाइएको छ । भाषा परीक्षा आवेदनका लागि २४ डलर बराबरको रकम बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । आवेदकको पासपोर्ट स्कान मार्फत अटो रिडगरी विवरण स्वत भरिने गरी सहज बनाइएको छ ।

आवेदनका लागि तोकिएको मापदण्डमा फोटो अपलोड गर्नु पर्नेछ । फोटो अपलोड गर्दा प्राविधिक समस्या उत्पन्न हुन सक्ने हुँदा आवेदकलाई सचेत गरिएको छ । आवेदनका क्रममा मोबाइल नम्बर र इमेल आइडी पनि उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार फर्म सवमिट गर्दा आवेदकको मोबाइल नम्बरमा र इमेलमा आवेदन स्वीकृत भएको सूचना प्राप्त हुन्छ । आवेदकले प्राप्त इमेललाई रंगिन प्रिन्टगरी सक्कल पासपोर्ट सहित भाषा परीक्षाको समयमा उपस्थित हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *