कोरियाले आगामी वर्षको लागि नेपाली कामदारको कोटा बढायो, १० हजार २ सय नेपाली जान पाउने

फागुन १६ काठमाडौ, कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ ।

यस मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औधोगिक क्षेत्रमा लाने भएको हो । यस वर्षका लागि भने अहिले सम्म २ हजारको लेवर कन्ट्रयाक आएको छ ।

यस्तै आउँदो वर्षका लागि भाषा परिक्षाको फारम आउँदो चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुने भएको छ । फारम अनलाइनबाटै भर्न सकिने छ । परिक्षा जेठ २८ र २९ गते हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *