“क्यारुम त नि” को यस्तो म्युजिक भिडियो (भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ – बहु-चर्चित गायक “राई इज किङ्ग” राजेश “पायल” राईको स्वरमा रहेको “क्यारुम त नि ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका संगीतकार डिआर अटुको संगीतमा रहेको यो गीतको एरेन्ज राजीव शाहले गरेका छन् । यो गीतको शब्द रचना भने प्रेम बहादुर कटुवालले रचेका हुन् ।

“जिजीबिषा” गीति एल्बममा रहने यो गीतको म्युजिक भिडियोमा उमेश, राम र राजकुमारीले अभिनय गरेका छन् । बिक्रम नेम्वाङ्गले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन र संजिव राईले निर्देशन गरेका छन् ।
यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *