क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा सुरु

पोखरा २२ असोज- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले विभिन्न समूहमा विभाजित भएका सम्पूर्ण सच्चा क्रान्तिकारी शक्तिहरू बीचको एकता नै जनवादी क्रान्तिका लागि आवश्यकता भएको बताएका छन् ।

आज क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन शत्रमा विशेष सम्बोधन गर्दै अध्यक्ष किरणले त्यस्तो बताएका हुन् । अध्यक्ष किरणले प्रचण्ड र बाबुरामले एमालेसँग गरेको एकता कम्युनिष्ट वा वाम एकता नभएको भन्दै त्यस्लाई दक्षिणपन्थीको संज्ञा दिए । उनले नेपालमा एमाले र काङ्ग्रेसको डिफ्रेन्समा क्रान्तिकारी धारका रूपमा आफ्नो पार्टीले नेतृत्व गर्ने दावी समेत गरे ।

उक्त पार्टीको केहीबेरपछि बन्द शत्र सुरू हुने भएको छ । बन्द शत्रमा पार्टीको आगामी कार्यदिशा, विधान लगायत महत्वपूर्ण विषयहरूमा छलफल हुने बताईएको छ । उक्त कार्यक्रममा नेकपाका अध्यक्ष ऋषी कट्टेलले क्रान्तिलाई नया ढंगले पूर्न गठन गर्नुपर्ने बताए ।

त्यसैगरी विप्लव निकट नेकपाका नेता हेमन्त प्रकाश वलीले क्रान्तिकारी शक्तिहरू एक ठाउमा आउनुको विकल्प नभएको भन्दै ठोस वस्तुको ठोस विस्लेषण गर्नुपर्ने बताए । नेकपा मसालका महासचिव मोहन विक्रम सिंहले लिखित शुभकामना वक्तव्य मार्फत जनवादी क्रान्तिको दिशामा सबै क्रान्तिकारी शक्तिहरू एक भएर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा उपस्थीत अधिकांश अतिथी वक्ताहरूले क्रान्तिकारी शक्तिहरू बीच सैदान्तिक र वैचारीक एकता गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

राष्टिय सम्मेलनमा किरणको सम्बोधन

Gepostet von Harpal Nepal am Sonntag, 8. Oktober 2017

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES