खबर एक्सप्रेसको वार्षिक उत्सव कार्यक्रम सम्पन्न

काठमाडौ २३ भदौ- खबर एक्प्रेस राष्ट्रिय साप्ताहिकको वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । काठमाडौको कोटेश्वरस्थित ह्युमन हेल्पिङ्ग हेण्डसको सभा हलमा भएको कार्यक्रममा,खबर एक्स्प्रेस संचार प्रतिष्ठानका प्रकाशक तथा अध्यक्ष रामचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान, सूचना प्रवाहमा खेलेको उल्लेखनिय भूमिकाको कदर गर्दै दुई जना पत्रकारहरुलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुने पत्रकारहरुमा संस्थाको कार्यकारी निर्देशक ऋषिकेश बुढाथोकी र व्यवस्थापक अजय लामा रहेका छन् ।

खबर एक्सप्रेसको यो सातौ वार्षिक कार्यक्रम हो । विगत ६ वर्षदेखि त्रैमासिक रुपमा प्रकाशन हुदै आएको खबर एक्सप्रेस खबर पत्रिका एक वर्ष अगाडि देखि साप्ताहिक रुपमा प्रकाशन हुदै आएको छ ।

कार्यक्रममा प्रकाशक खड्काले भने, एक वर्षमा आफ्नो पत्रिकाले उल्लेखनिय काम गरेको भन्दै,अव परिमार्जन सहित नयाँ ढंगले अगाडि बढ्ने बताए । मुलुकको सूचना प्रवाहमा उल्लेखनिय योगदान पुर्याएको भन्दै जनपक्षीय रुपमा जनताको पक्षमा कलम चलाएको जानकारी दिए । सत्य तथ्य र निष्पक्ष रुपमा निरन्तर अगाडि बढ्ने बताए । उनले थपे, आम पाठक समक्ष,सहि सूचना ज्ञान र मनोरंजनका लागि सधै लागि रहने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *