खुर्कोट-खाल्टे सडकखण्ड ३२ घण्टापछि सुचारु

फागुन १० सिन्धुली, विपी राजमार्ग अन्तर्गतको खुर्कोट-खाल्टे सडकखण्ड ३२ घण्टापछि सुचारु भएको छ। वैकल्पिक ड्राइभर्सन निर्माण गरेर आइतबार रातिदेखि अवरुद्ध भएको सडकखण्ड मंगरबार बिहानबाट सञ्चालनमा ल्याइएको हो।
सुख्खा पहिरोका कारण सडक सुनकोशी नदीमा खसेपछि अवरुद्ध भएको सडकमाथिबाट झण्डै २ किलोमिटर ट्रयाक निर्माण गरी ड्राइभर्सन तयार भएपछि यातायातका साधनहरु सञ्चालनमा ल्याइएको हो।

ड्राइभर्सन ट्रयाक कच्ची र साँघुरो भएकाले साना सवारी साधनलाई मात्र सञ्चालनमा ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *