खोटाङ्गको टेम्मामा संचालन भईरहेको अमराजेम्पा (रहर शिंह राई) स्मृति फुटबल प्रतियोगिता (फोटो फिचर)

खोटाङ्ग ८ असोज- असोज ६ गतेदेखि खोटाङ्गको टेम्मा स्थित शान्ति माविको प्राङ्गनमा अमराजेम्पा (रहर शिंह राई) स्मृति फुटबल प्रतियोगिता संचालन भई रहेको छ ।

“अनुशासन विकास र गतिशिलता, दिलैछी युवा सर्कल हाम्रो सहकार्य र एकता” भन्ने मूल नाराका साथमा आफ्नो स्वर्गीय बाबाको सम्झनामा फुटबल प्रतियोगिता गराएको भारतीय सेनामा कार्यरत ग्याबिन किरातीले सूचना खबरलाई जानकारी दिएका छन् ।

दिलैछी युवा क्लबको आयोजना र टेम्मा फुटबल क्लब टेम्माको सह-आयोजनामा हुने उक्त स्मृति कपलाई अमराज किराँती भारत, मन्जित किराती कुबेत,ग्याबिन किराती भारत, बबिन किराती भारत, लिला किराती इटहरी , बिमला किराती इटहरी , रामकुमारी किराती इटहरी र समस्त तेरहछा परिवारले “अमराजेम्पा स्मृति” कपलाई प्रायोजन गरेका छन् ।

उक्त स्मृति फुटबल कपमा प्रथम पुरस्कार जित्नेले १४४१४ मेडल प्रमाणपत्र, दोस्रो पुरस्कार जित्नेले ७७०७ मेडल र प्रमाण पत्र, तेस्रो पुरस्कार जित्नेले ५५०५ मेडल र प्रमाण पत्र पाउनेछन् । शान्ति मावि टेम्माको प्राङ्गनमा संचालन भईरहेको उक्त खेलकुद कार्यक्रममा चर्चित गायक रुपकुमार राई र चर्चित गायिका कला राईले आ-आफ्नो सांगीतक प्रस्तुति पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *