खोटाङ्गको ताजा मत परिणाम, बाम गठबन्धन अगाडि

खोटाङ्ग २२ मंसिर – मत गणनाको ताजा परिणाम अनुसार, खोटाङ्ग जिल्लामा प्रदेश सभामा बाम गठबन्धनको तर्फबाट विशाल भट्टराईको ७९७६ र प्रतिद्वन्दी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सरस्वति वाजिमयको ५१७५ मत प्राप्त भएको छ ।

यसैगरी, प्रदेश “क” मा नेपाली कांग्रेसको तर्फबाट सुवास कुमार पोख्रेलको २५२७ मत र बाम गठबन्धनको तर्फबाट राजन राईको ४२७० मत प्राप्त भएको छ ।

यस्तै प्रदेशसभा “ख” अन्तरगत नेपाली कांग्रेसको तर्फबाट विष्णु कुमार राईको २५७६ र बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राम कुमार राईको ४०३७ मत प्राप्त भएको छ । मत गणना जारि रहेकोले अहिले नै कसले जित्छ ? भन्न नसकिने अवस्था छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES