खोटाङ्गमा जिल्ला स्तरिय कराँते छनौट प्रतियोगिता हुने,बिचारी तामाङद्वारा अन्र्तराष्ट्रिय रेफ्री परिक्षा उत्तिर्ण

चिसाङ्ग शेर्पा-कार्तिक ८ खोटाङ्ग, खोटाङ्गमा आगामी शुक्रवारदेखी शनिवारसम्म जिल्ला स्तरिय कराँते छनौट तथा नवौं जिल्लास्तरिय कराँते प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिती र नेपाल सितोरियो कराँतेसंघको संयुत आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका विभिन्न ठाँउमा रहेका खेलाडीहरु छनौटका लागी कार्यक्रमको आयोजना गरिएको हो । दुईदिन सञ्चालन हुने कार्यक्रममा नुनथला डोजो, अर्खौले डोजो, हलेसी डोजो,जालपा डोजो,बाक्सिला डोजो साथै प्रमुख माटिकोरे डोजोले सहभागिता जनाउने कार्यक्रम संयोजक मिलन कसजुले बताए । जिल्लाका ६ स्थानवाट सहभागी भएका खेलाडीहरुलाई महिला पुरुषतर्फ एकलकाता र समुहकाता गरी छनौट गरिने नेपाल सितोरियो करातेसंघका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । अन्र्तराष्ट्रिय निर्णायकहरुवाट हुने छनौट अन्र्तगत कुमितेमा पुरुषतर्फ ५०-५५-, ६७-७५-, ८४-८४+ महिलामा ४५-५०-, ५५-६१-,६८-६८+ केजी र नवौं जिल्ला स्तरिय महिला तथा पुरुष एकलकाता,कुमितेतर्फ महिला पुरुष ३०-३५-, ४०-४५-, ५०-५५- र ६० केजी सम्मलाई छनौट गरिने अध्यक्ष राईले बताउनु भयो ।

सितोरियो कराते प्रशिक्षक तामाङद्दारा अन्र्तराष्ट्रिय रेफ्री परिक्षा उत्तिर्ण

चिसाङ्ग शेर्पा-कार्तिक ८ खोटाङ्ग, खोटाङका सितोरियो कराते प्रशिक्षक बिचारी तामाङले अन्र्तराष्ट्रिय रेफ्री परिक्षा उत्तिर्ण गर्नु भएको छ । एसियन कराते महासंघले सेप्टेम्बर २२ र २३ मा भारतको राजधानी नयाँदिल्लीमा सञ्चालन गरेको अन्र्तराष्ट्रिय रेफ्री परिक्षामा तामाङ उत्तिर्ण हुनुभएको हो । अन्र्तराष्ट्रिय रेफ्री परिक्षा उत्तिर्ण गरेसँगै तामाङको अन्र्तराष्ट्रिय स्तरका प्रतियोगीताको निर्णायकको भूमीका निर्वाह गर्ने बाटो खुलेको छ । तामाङले खोटाङकै इतिहासमा अन्र्तराष्ट्रिय रेफ्रीको इतिहास बनाउनु भएको छ । पुर्वअन्र्तराष्ट्रिय खेलाडी रहेका तामाङले मुलुकभरका २७५ जना परिक्षार्थीमध्ये तामाङले २५ जनाभित्र अन्र्तराष्ट्रिय रेफ्री परिक्षाकालागि नाम निकाल्नु भएको थियो । रेफ्रीको अन्य तह उत्तिर्ण गरे उहाँलाई अन्र्तराष्ट्रिय रेफ्री बनेर काम गर्ने अवशर प्राप्त गर्नुहुने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *