खोटाङ्ग-काठमाडौ सम्पर्क समिति काठमाडौको चुनावी अभियान तथा चियापान कार्यक्रम सम्पन्न

ईन्द्र जिजीबिषा/ काठमाडौ,३ असोज- नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) खोटाङ्ग- काठमाडौ सम्पर्क समिति काठमाडौको चुनावी अभियान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौको कोटेश्वरमा शिक्षा मन्त्री गिरिराज मणि पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

संघ र प्रदेश सभाको चुनावलाई लक्षित गरि गरिएको कार्यक्रममा बोल्दै, प्रमुख अतिथि शिक्षा मन्त्री पोख्रेलले स्थानिय चुनावमा माओवादी तेस्रो स्थानमा रहनुको कारण संगठन बलियो नहुनु भन्दै,अहिलेको अवस्थामा पैसा नहुनेले चुनाव लड्ने स्थिति नरहेको बताए । मन्त्री पोख्रेलले अगाडि थपे, जो संग पैसा धेरै छ , जसले पैसा धेरै खर्च गर्न सक्छ, उसैले चुनाव जितिरहेको बताए । अहिलेको स्थितिमा, काङ्ग्रेस संग गठबन्धन गरेर सरकारमा रहे पनि यो बाध्यता भएको बताए । काङ्ग्रेस एमाले संग धेरै कुराको आशा गर्न नसकिने बताउदै,माओवादीको प्रमुख एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहेको बताए । कार्यक्रममा मन्त्री पोख्रेलले, खोटाङ्ग जिल्लाको जिल्ला अस्पताललाई ५० शैयाको बनाउन, मन्त्री परिषदमा प्रस्ताब लगि सकेको र त्यो प्रस्ताब पारित हुने बितिकै खोटाङ्गको जिल्ला अस्पताल ५० शैयाको हुने अवगत गराए ।

कार्यक्रममा, पदमा राईले “माओवादी स्थानिय चुनावमा तेस्रो स्थानमा रहेपनि एजेण्डाको हिसाबले पहिलो रहेको बताईन् । तर संघियताको हिसाबमा देशका प्रमुख पार्टि भनिएका एमाले र कांग्रेसले नेपालमा पनि बिहारी पाराले संघियता लाद्न खोजेको आरोप लगाईन् ।”

यस्तै डाक्टर धन प्रसाद सुवेदीले, माओवादी पार्टिले अरु पार्टि भन्दा पृथक ढंगले अगाडि बढ्न नसकेकोले नै, हार्नु परेको बताए । उनले अगाडि थपे, घोषणा नारामा मात्र अरु पार्टि भन्दा फरक, तर व्यवहारमा फरक नभएको कारण अब व्यवहारमा पनि अरु पार्टि भन्दा फरक हुनु पर्ने जिकिर गरे ।

त्यस्तै कार्यक्रममा कवि तथा समाजसेवी जसराज किरातीले १ नम्बर परदेशलाई किरात राज्य घोषणा गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रमा बोल्दै, टंक राईले माओवादीले पहिचानाको मुद्धालाई अलिक कम्जोर बनाउदै लागेकोले नै पार्टि पनि कम्जोर बनेको बताए । पहिचान भन्दैमा, हिजो बाहुन, क्षेत्रीले खाए, आज हामीले खानु पर्छ भन्न खोजिएको हैन, सबै बाहुन, क्षेत्री, आदिवासी जनजाति, दलित, उत्पिडित सबैलाई बराबर हुनु पर्छ भन्न खोजिएको हो भन्दै, अबको चुनावमा एक नम्बर प्रदेश बाट गोपाल किरातीलाई मुख्य मन्त्रीको रुपमा अगाडि बढाउने अभियान चलाउने बताए ।

किन र कसरी गोपाल किरातीलाई अगाडि सार्ने भन्दा,गोपाल किरातीले नै सबै भन्दा पहिला पहिचानको कुरा उठाएको र पहिचानको निम्ति सबै भन्दा पहिला रण भूमिमा उत्रिएका गोपाल किराती नै थिए । गोपाल किरातीले पहिचानको मुद्धा उठाउदा माओवादीले पनि पहिचानको मुद्धा उठाएको थिएन । गोपाल किराती एक नम्बर प्रदेशको मुख्य मन्त्री बन्न योग्य रहेको बताए ।

कार्यक्रमा, जित कुमार राई, डाक्टर चितकुमारी गुरुङ लगायतकाले आ-आफ्नो बिचार राखेका थिए । कार्यक्रममा, संगीतकार डक्टर किरात र गायिका मिना राईले गीत गाएर मनोरंजन दिएका थिए । जयप्रकाश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई राजु विक्रम राईले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *