खोलामा डुबेर मोरङमा दुई जनाको मृत्यु

असोज ४ मोरङ, मधुमल्ला–४ खावेझोडा बस्ने टीकाराम खड्काका तीन वर्षिय छोरा परेन्ताको घर नजिकै रहेको बक्राहा खोलामा डुबेर मृत्यु भएको हो ।bakraha river

बालकलाई घर नजिकै रहेको खोलामा डुबेको फेला पारेपछि उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै विराटनगर–१ स्थित सिङ्गिया खोलामा डुबेर कटहरी–३ का ५० वर्षीय प्रमोद मेहताको मृत्यु भएको छ । मेहतालाई खोलामा डुबेको अवस्थामा स्थानीयबासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *