खोलो तर्न खोज्दा एक जनाको ज्यान गयो

raptiभदौ २३, काठमाडौं । गएराती पातुखोला बगाउँदा तुलसीपुर नगरपालिका वडा नम्बर १० का खड्गसिङ वलीको ज्यान गएको अस्थायी प्रहरी चौकी बेलुवाका प्रमुख असई टीका कुवरले जानकारी दिएका छन् ।

उनका अनुसार वली बुधबार रानागाऊँ बाट घर जाँदै गर्दा पातुखोलाले बगाएको हो । मदिरा सेवन गरेकाले वली खोलामा ढलेर बगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वली सँगै रहेका साथिले उनलाई बचाउन खोजे पनि सफल हुन सकेनन् ।

हिजो बेलुकी ७:२० बजे पातुखोलामा बगेका वलीको शव आज बिहान तुनपा ३ श्रीगैइको कुलामा फेला परेको छ ।

साभार: राप्ति टुडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *